मुख्य समाचार
नेपाल-भारत सिमा हुँदै अबैध रुपमा चोर बाटो भएर नेपाल भित्रयाइएका ब्रोइलर कुखुरा लोड भएका गाडीलाई प्रहरीले नियन्त्रणमा
नेपाल-भारत सिमा हुँदै अबैध रुपमा चोर बाटो भएर नेपाल भित्रयाइएका ब्रोइलर कुखुरा लोड भएका गाडीलाई प्रहरीले नियन्त्रणमा

: नेपाल-भारत सिमा हुँदै अबैध रुपमा चोर बाटो भएर नेपाल भित्रयाइएका ब्रोइलर कुखुरा लोड भएका गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय ब्रोइलर कुखुराका अबैध कारोबारबाट नेपाली व्यवसायी मर्कामा पर्दै गएपछि रौतहट कुखुरा व्यवसायी संघको विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गंगापिपराको टोलिले दुर्गा भगवती गाउँपालिका–३ गौर गंगापिपरा सडक खण्डबाट नियन्त्रणमा लिएको हो ।


सोमवार विहान ६.४० बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेका ना.५ च. ३५६५ नम्वरको कुखुरा बोक्ने बोलेरो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

३५० पिस (७५० केजी) बोइलर कुखुरा राजपुर नगरपालिका–५ स्थित मुस्कान पोल्ट्रि फर्म निस्केर गरुडा नगरपालिका–९ तर्फ लैजादै गरिएको अवस्थामा मत्सरी क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


गाडी चालक गरुडा नगरपालिका–९ का २६ वर्षीय अनवारुल हक सहित बोइलर कुरालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको इप्रका गंगापिपराले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले संविधान संशोधन बहस पत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। कार्यदलमा संसदमा रहेका दलहरूको प्रतिनिधिहरू सदस्य रहने प्रवक्ता पोखरेलको भनाइ छ। 'यो हाम्रो वाचापत्रमा उल्लेख भएको वाचा पनि थियो,' उनले भने।
: कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले मुलुक फेरि द्वन्द्वमा जाने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। सरकारका पछिल्ला गतिविधिहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले मुलुक फेरि निषेध र द्वन्द्वको राजनीतितर्फ उन्मुख हुन सक्ने आशंका प्रकट गरेका हुन्। उनले लामो संघर्ष, त्याग र बलिदानपछि प्राप्त वर्तमान लोकतान्त्रिक व्यवस्थालाई कुनै पनि हालतमा संकटमा ...
: मुग्लिङ-नागढुंगा सडक खण्डमा ३ दिनसम्म रातिको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ। भोलिदेखि ३ दिनसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मुग्लिङ-नागढुंगा सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ को घोप्टेभिर लगायतका विभिन्न स्थानहरूमा सडक स्तरोन्नतिको कार्य अगाडि बढिरहेकाले रातिको समयमा सडक बन्द गर्न ...
: सरकारले चैत १९ गते संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते बिहीबार संसदको बैठकका लागि राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ स्थित इकोमा आएको पहिरोका कारण शुक्रबारदेखि अवरुद्ध भएको सडक सोमबार खुलेसँगै तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ। तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका अनुसार इको क्षेत्रमा आएको अवरोधका कारण सडक पूर्ण रूपमा बन्द हुँदा नाका सञ्चालन नै ठप्प हुने अवस्थामा पुगेको थियो। सडक खुल्ने प्रतीक्षामा रहेका व्यवसायीका लागि सोमबार राहत ...