मुख्य समाचार
प्रधानमन्त्री बालेन शाहले आज विभिन्न प्रदेशका सांसदहरूसँग क्षेत्रगत विषयमा कुरा
प्रधानमन्त्री बालेन शाहले आज विभिन्न प्रदेशका सांसदहरूसँग क्षेत्रगत विषयमा कुरा

। प्रधानमन्त्री बालेन शाहले आज विभिन्न प्रदेशका सांसदहरूसँग क्षेत्रगत विषयमा कुरा गरिरहेका छन् । उनले आजको छलफल कोशी प्रदेशका सांसदहरूबाट सुरु गरे ।

कोशी प्रदेशको छलफलमा श्रम संस्कृति पार्टीका सांसदबाहेक अन्य रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायत दलका प्रतिनिधिसभा सदस्यहरू सहभागी छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले भने बैठक सुरु हुनुअघि नै कोठे बैठकमा सहभागी नहुने प्रतिक्रिया दिएका थिए ।

उनले छिटो प्रतिनिधिसभाको पहिलो बैठक बोलाउन भन्दै कोठे बैठकमा नजाने बताएका हुन् ।

प्रधानमन्त्री बालेनले पहिलोचरणमा मन्त्रीहरूसँग आइतबार छलफल गरेका थिए । त्यसपछि आज उनले प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन् । कोशीका सांसदसँगको छलफलपछि उनले कर्णालीका सांसदहरूसँग छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको असन्तुष्ट समूहले समानान्तर गतिविधि सुरु गरेपछि संस्थापन समूह छलफलमा जुटेको छ । कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक भोलिका लागि बोलाएपछि कांग्रेस सभापति गगन थापासहित पदाधिकारी अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलमा जुटेका छन् । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले शेरबहादुर ...
। जुम्लामा जातीय विभेद गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीका अनुसार पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका-३ की कविता बुढा रहेकी छन् । उनीमाथि जुम्लाकै राजबहादुर सुनारमाथि जातीय विभेद गरेको आरोप छ । आइतबार जुम्ला सदरमुकाम कालेखोलीस्थित एउटा होटलमा राजबहादुर सुनारमाथि उनले अपशब्द प्रयोग गरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा ...
। आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको छ । यसअघि टोकन प्रणालीमार्फत दैनिक निश्चित संख्यामा प्रदान गरिँदै आएको श्रम स्वीकृतिमा अब टोकन प्रणाली हटाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिन श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको थियो । ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजमा लाइन लाग्न र थुनिनु नपर्ने आश्वासन दिएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो आश्वासन दिएका हुन् । उनले लगानी र रोजगारी बढाउन अनुरोध गरे । ‘म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न,’ वाग्लेले भने, ‘म अर्थतन्त्रको जहाज मोडेर ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले छुट्टै भेलाबारे पहिले पनि गरिरहेकै अभ्यास रहेको बताएका छन् । साेमबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाइमा खड्का–काेइराला समूहले नवनिर्वाचित सांसदहरूलाई सम्मान गर्न राखेको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । ‘यो सबै कुरा हामी नेपाली कांग्रेसका साथीहरूले गरिराखेकै कुरा हो, अहिले पनि गरिराखेका हुन्छौँ,’ नेता कोइरालाले भने, ...