। जुम्लामा जातीय विभेद गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् ।
जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीका अनुसार पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका-३ की कविता बुढा रहेकी छन् ।
उनीमाथि जुम्लाकै राजबहादुर सुनारमाथि जातीय विभेद गरेको आरोप छ ।
आइतबार जुम्ला सदरमुकाम कालेखोलीस्थित एउटा होटलमा राजबहादुर सुनारमाथि उनले अपशब्द प्रयोग गरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
घटनाको भिडियो बाहिरिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उनले बताए ।
उनका अनुसार पीडित पक्षबाट जाहेरी भने आइनसकेको छैन ।