मुख्य समाचार
कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित सांसदलाई देश र जनताका पक्षमा दृढतापूर्वक उभिएर काम गर्न आग्रह
कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित सांसदलाई देश र जनताका पक्षमा दृढतापूर्वक उभिएर काम गर्न आग्रह

। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित सांसदलाई देश र जनताका पक्षमा दृढतापूर्वक उभिएर काम गर्न आग्रह गरेका छन् ।

सोमबार धुम्बराहीको स्मार्ट होटलमा आयोजित सांसदहरूलाई सम्मान तथा बधाई कार्यक्रममा बोल्दै खड्काले सांसदहरूका साथमा आफू र वरिष्ठ नेताहरू सधैँ सँगसँगै रहेको बताएका हुन् ।

‘निर्वाचनको परिणामपछि जुन तरिकाको संसदको बनोट छ, त्यसमा हाम्रो उपस्थिति कमजोर छ । नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्यको भूमिका प्रभावकारी र अनुकरणीय रहनेछ,’ खड्काले भने, ‘संख्याको हिसाबले हामी कम भएपनि नेपाली लोकतान्त्रिक इतिहासको सिंगो धरोहर बोकेर तपाईँहरू संसद्मा प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।’

संसदीय गतिविधिमा रहँदा देश र जनताका पक्षमा प्रखर रूपमा प्रस्तुत हुन उनले नव निर्वाचित सांसदहरूलाई आग्रह गरे । ‘कानुन निर्माणको सन्दर्भ, नेपाली जनताको हक अधिकारको सन्दर्भमा हामीले वर्षौँको संघर्षबाट निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा र जनताको अधिकारको सन्दर्भमा तपाईँहरू प्रखर रूपमा प्रस्तुत हुनुहुनेछ,’ उनले भने ।

संसद् बाहिर रहेका संसद्को अनुभव लिएका नेता सधैँ सांसदको साथमा रहने उनले बताए । उनले भने, ‘सबै खालको सहयोग, सद्भाव, सुझाव र शुभकामना सधैँ रहनेछ । तपाईँहरुले सम्झेको बेलामा हामी प्रस्तुत हुनेछौँ ।’

संसदीय प्रतिस्पर्धा, प्रस्तुति र देश तथा जनताको पक्षमा सुदृढ रूपमै प्रस्तुत रहन सांसदहरूसँग नेता खड्काले आग्रह गरे । यसअघिको सरकार बनाउँदा संविधान संशोधनलाई मूल मुद्दा बनाएपनि त्यसमा अघि बढ्न नसकेको बताउँदै अब संविधान संशोधनका पक्षमा उभिन पनि उनले आग्रह गरे ।

‘संविधानका मूलभूत विषयमा सम्झौता नगरीकन संविधान संशोधनको बहसमा जुट्नुहोस् । संसद्भित्र तपाईँ बाहिर हामी सँगसँगै रहनेछौँ,’ नेता खड्काले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहले आज विभिन्न प्रदेशका सांसदहरूसँग क्षेत्रगत विषयमा कुरा गरिरहेका छन् । उनले आजको छलफल कोशी प्रदेशका सांसदहरूबाट सुरु गरे । कोशी प्रदेशको छलफलमा श्रम संस्कृति पार्टीका सांसदबाहेक अन्य रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपालगायत दलका प्रतिनिधिसभा सदस्यहरू सहभागी छन् । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले भने बैठक सुरु हुनुअघि नै कोठे ...
। नेपाली कांग्रेसको असन्तुष्ट समूहले समानान्तर गतिविधि सुरु गरेपछि संस्थापन समूह छलफलमा जुटेको छ । कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक भोलिका लागि बोलाएपछि कांग्रेस सभापति गगन थापासहित पदाधिकारी अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलमा जुटेका छन् । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले शेरबहादुर ...
। जुम्लामा जातीय विभेद गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीका अनुसार पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका-३ की कविता बुढा रहेकी छन् । उनीमाथि जुम्लाकै राजबहादुर सुनारमाथि जातीय विभेद गरेको आरोप छ । आइतबार जुम्ला सदरमुकाम कालेखोलीस्थित एउटा होटलमा राजबहादुर सुनारमाथि उनले अपशब्द प्रयोग गरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा ...
। आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने भएको छ । यसअघि टोकन प्रणालीमार्फत दैनिक निश्चित संख्यामा प्रदान गरिँदै आएको श्रम स्वीकृतिमा अब टोकन प्रणाली हटाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिन श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको थियो । ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजमा लाइन लाग्न र थुनिनु नपर्ने आश्वासन दिएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो आश्वासन दिएका हुन् । उनले लगानी र रोजगारी बढाउन अनुरोध गरे । ‘म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न,’ वाग्लेले भने, ‘म अर्थतन्त्रको जहाज मोडेर ...