मुख्य समाचार
ट्रम्पले इरानसँगको जारी तनाव र युद्ध अन्त्यका लागि अमेरिकाले राखेको १५-बुँदे मागका अधिकांश सर्तहरूमा तेहरान सहमत भएको दाबी
ट्रम्पले इरानसँगको जारी तनाव र युद्ध अन्त्यका लागि अमेरिकाले राखेको १५-बुँदे मागका अधिकांश सर्तहरूमा तेहरान सहमत भएको दाबी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव र युद्ध अन्त्यका लागि अमेरिकाले राखेको १५-बुँदे मागका अधिकांश सर्तहरूमा तेहरान सहमत भएको दाबी गरेका छन्।


आइतबार 'एयर फोर्स वन' मा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले पाकिस्तानमार्फत पठाइएको शान्ति योजनामा इरान सकारात्मक देखिएको बताएका हुन्। राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकाले इरानसमक्ष १५ वटा मुख्य मागहरू राखेको थियो। जस्मा इरानले केही बुँदाहरूमा सहमति दिएको ट्रम्पको दाबी छ । ट्रम्पले भने, 'हामीले मागेका १५ मध्ये धेरैजसोमा कुरा मिलेको छ, अब हामी थप केही कुराहरू पनि राख्ने तयारीमा छौँ।'


यद्यपि, इरानी विदेशमन्त्री अब्बास अराघचीले भने मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भएको स्वीकार गरे तापनि वासिङ्टनको अडानप्रति केही संशय व्यक्त गरेका छन्।



सीएनएनका अनुसार तर यता इरान आफ्नो प्रतिबद्धतामा कति गम्भीर छ भन्ने प्रमाणित गर्न उसले अमेरिकालाई ठूलो मात्रामा तेल उपलब्ध गराएको ट्रम्पले खुलासा गरे। उनले इरानले १० जहाज तेल पठाएको र थप २० जहाज तेल अर्काे ढुवानीमा आउने बताए । ट्रम्पले यसलाई इरानको तर्फबाट 'उपहार' को संज्ञा दिँदै प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट भइरहेका बैठकहरू सकारात्मक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम