मुख्य समाचार
रोहित र रयानको शतकीय साझेदारीसँगै मुम्बईको सुखद सुरुवात
रोहित र रयानको शतकीय साझेदारीसँगै मुम्बईको सुखद सुरुवात

: इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ मा मुम्बई इन्डियन्सले लिगमा जितसहितको सुरुवात गरेको छ। कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो।


सन् २०१२ यता आइपीएलको पहिलो खेल (ओपनिङ गेम) जित्न नसक्ने खराब रेकर्ड रहेको मुम्बईले आफ्नो यो खराब इतिहासमा पूर्णविराम लगाएको छ ‌‌। योसँगै मुम्बईले आइपीएलको पछिल्ला सात खेलहरूमा २२० भन्दा माथिको लक्ष्य पछ्याउन सकेको थिएन। तर यो रेकर्ड पनि मुम्बईले तोड्यो। २२१ को विजयी लक्ष्य १९.१ ओभरमा पूरा गर्दै मुम्बईले आइपीएल २०२६ को संस्करणमा दुईवटा रेकर्ड सुधार गरेको हो।


मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विश्वभरमा ४ विकेट गुमाउँदै २२० रन बनाएको थियो।



२२१ रनको विजयी लक्ष्य पछाएको मुम्बई इन्डियन्सले १९.१ ओभरमा ४ विकेटको क्षतिमा २२४ रन सहित लक्ष्य पूरा गरेको हो। मुम्बई इन्डियन्सका लागि ओपनरद्वय रयान रिकेल्टन र रोहित शर्माले पहिलो विकेटका लागि १४८ रनको शतकीय पारीको साझेदारी गरे। यो साझेदारीले नै मुम्बईलाई जितको निकै नजिक पुर्‍याइसकेको थियो। तर पहिलो विकेटका रूपमा रोहित शर्माको विकेट गुमाएपछि ठूला साझेदारीहरू बन्न सकेनन्। व्यक्तिगत रूपमा ओपनर ब्याटर र यान डिटेलटोनले सर्वाधिक ८१ रनको पारी खेले। उनले ४३ बलमा ४ चौका र ८छक्का प्रहार गर्दै रनआउट भए।

अर्का ओपनर रोहित शर्माले ३८ बलमा समान ६ चौका र ६ छक्का सहित ७८ रनको पारी खेले। सूर्यकुमार यादवले १६ रन बनाउँदा तिलक बर्माले २० रन बनाए कप्तान हार्दिक पाण्ड्या १८ रनमा अविजित रहँदा नमन धिर ५ रनमा अविजित रहे।

कोलकाताका लागि बलिङतर्फ वैभव अरोरा, कार्तिक त्यागी र सुनिल नारायणले १-१ विकेट लिए। त्यसअघि, टस हारेर ब्याटिङ गरेको कोलकाताको लागि कप्तान अजिन्क्य रहणेले सर्वाधिक ६७ रनको पारी खेले। उनले ४० बलमा ३ चौका र ५ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि फिन एलेनसँग ६९ रनको साझेदारी गरेका थिए। फिनले व्यक्तिगत रूपमा ३७ रन बनाए। क्यामरोन ग्रिनले १८ रन बनाउँदा अंगकृष्ण रघुवंशीले ५१ रनको अर्धशतकीय पारी खेले। रिंकु सिंह ३३ र रमनदीप सिंह ४ रनमा अविजित रहे।

मुम्बईका लागि बलिङतर्फ सार्दुल ठाकुरले ३ विकेट लिए भने कप्तान हार्दिक पाण्ड्याले १ विकेट लिए।

सोमबार आइपीएलमा एक खेल रहेको छ। जसमा राजस्थान रोयल्स(आरआर) र चेन्नई सुपर किङ्स(सिएसके)ले नेपाली समयअनुसार ७:४५ मा खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम