: न्यूजिल्याण्ड पुर्याउने आशा देखाएर १६ लाख बढी ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका-१९ का ३८ वर्षीय रिजेन नगरकोटी रहेका छन्।
उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। २ जना पीडितबाट १६ लाख ३० हजार ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले बताए।
पक्राउ परेका नगरकोटीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उनले बताए।