— सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं पेस गरिएको छ ।
जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार उनलाई केहीबेर अघि अदालत पेस गरिएको छ । आइतबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । जेन-जी आन्दोलनका क्रममा उनको घर जल्दा पैसा जलेको भिडियो सार्वजनिक भएको थियो । प्रहरीले खड्कालाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको थियो ।
उनी नेपाली कांग्रेसका तर्फबाट उर्जामन्त्री भएका थिए । आजै कांग्रेसका अर्का नेता रमेश लेखकलाई पनि पेस गरेर म्याद थपको बहस भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि म्याद थपका लागि भर्चुअल पेस गरिएको थियो ।