मुख्य समाचार
गण्डकी प्रदेशले विभागीय क्लब एपीएफलाई ४३ रनले पराजित
गण्डकी प्रदेशले विभागीय क्लब एपीएफलाई ४३ रनले पराजित

: प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत गण्डकी प्रदेशले विभागीय क्लब एपीएफलाई ४३ रनले पराजित गरेको छ । गण्डकी प्रदेशले प्रतियोगितामा चौंथो खेल खेल्दा पहिलो जित दर्ता गरेको हो ।


समान ४ खेल खेलेको एपीएफको भने यो दोस्रो हार हो । तल्लो मूलपानी मैदानमा भएको खेल २१ ओभरमा घटाएर गराइएको थियो । जसमा टस जितेको गण्डकीले निर्धारित २१ ओभरमा ७ विकेट गुमाउँदै १५० रन बनायो । गण्डकीले दिएको १५१ रनको विजयी लक्ष्य पछ्याएको एपीएफ १८.३ ओभरमा १०७ रन बनाउँदै अलआउट भयो ।


एपीएफका लागि सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । उनले २४ बलमा १ छक्का प्रहार गरे । ओपनरद्वय लोकेश बम र आसिफ शेखले समान १४-१४ रन बनाउँदै पेभेलियन फर्किए । कप्तान रोहित पौडेल ३ रनमा क्याच भए । कमलसिंह ऐरी १७ रनमा बोल्ड भए । अभिषेक गौतम १४ रनमा अविजित रहे । अपराजित पौडेल र सिविन श्रेष्ठले ३–३ विकेट लिए । सुवास भण्डारीले २ विकेट लिँदा कमल परियारले १ विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको गण्डकीको लागि ओपनर ब्याटर गौरव विकले सर्वाधिक ३७ रन बनाए । उनले ३६ बलमा ३ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर अर्जुन कुमालले २५ रन बनाए । दिपक डुम्रेले ३४ रन बनाए । दिनेश बुढा ऐरले १९ रजन बनाउँदा कप्तान विपिन खत्री २० रनमा अविजित रहे । एपीएफका लागि अभिनाश बोहोराले सर्वाधिक ३ विकेट लिए । कमल सिंह ऐरी, युवराज खत्री र अभिषेक गौतमले १–१ विकेट लिए ।

गण्डकी प्रदेशको पहिलो खेल नेपाल पुलिस क्लबसँग वर्षाको कारण स्थगित बन्दा अंक बाँडेको थियो । त्यसपछि भने दोस्रो खेलमा त्रिभुवन आर्मीसँग ७ विकेट र तेस्रो खेलमा बामगती प्रदेशसँग १७० रनले पराजित भएको थियो । एपीएफ क्लबले पनि पहिलो खेलमा बागमती प्रदेशसँग अंक बाँडेको थियो । दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग १८५ रनको फराकिलो हार बेहोरेको एपीएफले तेस्रो देलमा बागमती प्रदेशलाई ७१ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...