मुख्य समाचार
देशभर माध्यमिक शिक्षा परीक्षा एसईई आगामी बिहीबारबाट सञ्चालन हुँदै
देशभर माध्यमिक शिक्षा परीक्षा एसईई आगामी बिहीबारबाट सञ्चालन हुँदै

— देशभर माध्यमिक शिक्षा परीक्षा एसईई आगामी बिहीबारबाट सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

२ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक टुकाराज अधिकारीले जनाए ।

जापानको ऐभरेष्ट स्कुलसहित १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । एभरेष्ट स्कुल जापानबाट २३ जना सहभागी हुँदैछन् ।

केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी परीक्षामा साढे ७३ हजार जनशक्ति परिचालन हुने अधिकारीले बताए । ‘सबै जिल्लाका सदरमुकाममा प्रश्नपत्रलगायत परीक्षा सामग्री पुगिसकेको छ । प्रदेश तहबाट परीक्षा व्यवस्थापनको काम हुन्छ,’ उनले भने ।

चैत १९ देखि सुरु हुने परीक्षा २९ मा सकिने समयतालिका छ । गत माघ ७ मा राष्ट्रिय परीक्षा बोर्डले समय तालिका सार्वजनिक गरेको थियो ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजे सम्म सञ्चालन हुनेछ । समय तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । दोस्रो दिन चैत २० मा अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।

नियमित तथा ग्रेडवृद्धि दुवै समूहतर्फको परीक्षा सोही समयतालिकाअनुसार हुने कार्यालयले जनाएको छ । परीक्षा हलमा मोबाइल, स्मार्ट घडी जस्ता व्लुटुथ चिप्स प्रयोग हुने विद्युतीय उपकरण प्रयोग गर्न रोक लगाईएको छ । अपांगता भएका, सुत्केरी र किरियापुत्री परीक्षार्थीको सहजताका लागि केन्द्राध्यक्षले सहजीकरण गर्नसक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय परीक्षा बोर्डमा गठन गरिएको कर्मचारी युनियन भंग गरिएको छ। युनियनले आइतबार सूचना प्रकाशन गरेर युनियन भंग गरिएको जनाएको छ। सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइने योजना थियो। सोही अनुसार कर्मचारी युनियन भंग भएको हो। युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी सूचना अनुसार चैत ...
— जिल्ला अदालत काठमाडौंले भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धानमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले अनुसन्धानका लागि ५ दिनको म्याद थप गर्दै उपचारको पनि व्यवस्था मिलाउन भनेको हो । आदेशमा भनिएको छ,'प्रतिवादी के.पी. शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको ...
: तलबसहित रकम निकासा माग गर्दै लहान नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । उनीहरुले आज ईलाका प्रशासन कार्यालय लहानमार्फत प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेर ज्ञापनपत्र बुझाएका छन् । प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादले नगरपालिकाको खाता मन्त्रालयले रोक्का गरेपछि उनीहरुसहित कर्मचारीहरुले पनि पुस महिनादेखि तलब ...
— गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आइतबार भएको कार्यक्रममा उनले विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति एवं उपकरण तयारी अवस्थामा राख्न पनि निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले नागरिकलाई समस्या परेका बेला राज्यले जुनसुकै स्रोतसाधन परिचालन गर्न हिच्किचाउन ...
: नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीको रिहाईको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । ओलीको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।