मुख्य समाचार
जेन-जी सहिद परिवारलाई रोजगारीका लागि सम्पर्क गर्न विद्युत प्राधिकरणको आग्रह
जेन-जी सहिद परिवारलाई रोजगारीका लागि सम्पर्क गर्न विद्युत प्राधिकरणको आग्रह

— नेपाल विद्युत प्राधिकरणले जेन-जी प्रदर्शन तथा आन्दोलनका क्रममा सहिद भएका परिवारलाई रोजगारीका लागि प्रमाणसहित सम्पर्कमा आउन आग्रह गरेकाे छ । गत २३ र २४ भदौमा भएको जेन-जी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहत सहायकता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ को बुँदा नम्बर ११ मा सहिद परिवारका सदस्यलाई रोजगारीसम्बन्धी व्यवस्था मिलाउने उल्लेख छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको पत्रसँगै उल्लेखित व्यक्तिहरूले रोजगारीका लागि पेस गरेको निवेदन प्राप्त भएको भन्दै प्राधिकरणले सम्पर्कमा आउन आग्रह गर्दै सूचना जारी गरेको हो ।

सहिदका परिवारले प्राप्त गर्ने सुविधामा तीबाहेक अरू कसैको हकदाबी लाग्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्रमाणसहित प्राधिकरणमा आउन भनेको छ ।

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, 'नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ्क ३२, कार्तिक १७ गते, २०८२) मा प्रकाशित जेन-जी सुशासन योद्धा, २०८२ मा उल्लेखित सहिदहरूको सम्बन्धमा सम्वत् २०८२ साल भाद्र २३ र २४ गतेको जेन-जी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ को बुँदा नं. ११ मा सहिद परिवारका सदस्यलाई रोजगारीसम्बन्धी व्यवस्था मिलाउने भन्ने व्यहोराका सम्बन्धमा नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको मिति २०८२/०९/२० को पत्रसाथ तपसिलका व्यक्तिहरूले रोजागरीको लागि पेस गरेको निवेदन प्राधिकरणलाई प्राप्त भएको हुँदा सहिदका परिवारले प्राप्त गर्ने सुविधामा निजहरूबाहेक अरु कसैको हकदाबी लाग्ने भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कर्मचारी प्रशासन शाखा, काठमाडौँमा निस्सा प्रमाण सहित सम्पर्क राख्नुहुन सरोकारवालको जानकारीकाे लागि याे सूचना प्रकाशित गरिएको छ ।'


कतिपय निवेदकले सहिदसँगको नाता खुल्ने प्रमाण पेस नगरेको वा अपूर्ण कागजात दिएको पाइएको समेत सूचनामा उल्लेख छ । प्राधिकरणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंस्थित केन्द्रीय कर्मचारी प्रशासन शाखामा सम्पर्क गरी प्रमाणित कागजात बुझाउन आग्रह गरेको छ ।

सूचनामा विभिन्न जिल्लाबाट निवेदन दिएका व्यक्तिहरूको नामावली समेत सार्वजनिक गरिएको छ । जसमा गोरखा, सुनसरी, सप्तरी, चितवन, कैलाली, झापा, कैलाली, बाजुरा, उदयपुर, काठमाडौंलगायतका जिल्लाका आवेदक छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ। ओलीको तर्फबाट उनको श्रीमती राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। रिट दर्ता भइसकेको र भोलि सुनुवाइ हुने अदालतका सूचना अधिकारी एवं सहायक प्रवक्ता निराजन पाण्डेले अन्नपूर्ण जानकारी दिए। गिरफ्तारी गैरकानुनी र पूर्वाग्रही भएको जिकिर गर्दै तत्काल रिहाइको माग गर्दै ...
— नेपालले बंगलादेशको सैदपुर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न चासो देखाएको छ । डेली स्टार अनलाइनका अनुसार क्षेत्रीय सम्पर्क, व्यापार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित दुई देशबीच सहकार्य बिस्तार गर्ने विषयमा पहल गरिएको हो । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले राजधानी ढाकामा बंगलादेशकी नागरिक उड्डयन तथा पर्यटनमन्त्री अफरोजा खानम रिता र राज्य मन्त्री एम. ...
— नेपालले बंगलादेशको सैदपुर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न चासो देखाएको छ । डेली स्टार अनलाइनका अनुसार क्षेत्रीय सम्पर्क, व्यापार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित दुई देशबीच सहकार्य बिस्तार गर्ने विषयमा पहल गरिएको हो । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले राजधानी ढाकामा बंगलादेशकी नागरिक उड्डयन तथा पर्यटनमन्त्री अफरोजा खानम रिता र राज्य मन्त्री एम. ...
: न्यूजिल्याण्ड पुर्‍याउने आशा देखाएर १६ लाख बढी ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका-१९ का ३८ वर्षीय रिजेन नगरकोटी रहेका छन्। उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। २ जना पीडितबाट १६ लाख ३० हजार ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले ...
— सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं पेस गरिएको छ । जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार उनलाई केहीबेर अघि अदालत पेस गरिएको छ । आइतबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । जेन-जी आन्दोलनका क्रममा उनको घर जल्दा पैसा जलेको भिडियो सार्वजनिक भएको ...