मुख्य समाचार
नारायणी नदीमा पौडी खेल्न गएका दुई विद्यार्थी डुबेर मृत्यु
नारायणी नदीमा पौडी खेल्न गएका दुई विद्यार्थी डुबेर मृत्यु

— नारायणी नदीमा पौडी खेल्न गएका दुई विद्यार्थी डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार मध्यान्ह भरतपुर महानगरपालिका–३ बाह्रघरे चोकनजिक नारायणी नदीको घोलमा बाह्रघरेकै मुनलाइट बोर्डिङ स्कुलमा पढ्ने दुई विद्यार्थी पौडी खेल्न जाँदा डुबेका थिए ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ शरणपुर घरभएका कक्षा ७ मा पढ्ने १३ वर्षीय सनम रम्तेल र प्रशान्त क्षेत्रीको निधन भएको हो । घोलमा डुबेर बेपत्ता भएका उनीहरुको खोजी र उद्धारमा विपद् व्यवस्थापनसहितको प्रहरी टोली खटेको थियो ।

उद्धार टोलीले दुवै जनालाई दिउँसो २ बजेतिर भेटाएर उपचारका लागि भरतपुरको सरकारी अस्पताल पुर्‍याएको थियो । दुवै जनालाई चिकित्सकले दिउँसो पौने ३ बजेतिर मृत घोषणा गरेको डिएसपी खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: तिलोत्तमा नगरपालिका-१५ मधवलियामा कार दुर्घटना हुँदा युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मायादेवी गाउँपालिका सुन्डी बस्ने २३ वर्षीय विवेक कुमार बानियाँ रहेका छन्। बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपि ५३ बीआर ५८४८ नम्बरको कार अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारका क्रममा मृत्यु भएको जिल्ला ...
— हावाहुरी, पानी र विभिन्न अवस्थामा छिनछिनमा विद्युत आउने/जाने (ट्रिपिङ) गरे पनि गत आर्थिक वर्षको तुलनामा उल्लेख्य मात्रामा घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणसँगै प्राविधिक समस्या देखिएका ठाउँमा तत्काल गरिएको सुधारलगायतका कारण ट्रिपिङ समस्या घटिरहेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको तथ्यांकअनुसार विद्युत ...
: प्रतिबन्धित लागुऔषध गाँजालगायतका पदार्थ सेवन गरी यात्रु बोकेर सवारी साधन चलाउने चालकहरू धरानबाट पक्राउ परेका छन् । यस घटनाले सार्वजनिक सवारी साधन चलाउने चालकहरूको लापरबाही र सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ । आइतबार सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित तीनकुने क्षेत्रमा ट्राफिक प्रहरीले गरेको विशेष सवारी चेकिङका क्रममा सात जना चालक पक्राउ परेका छन् । नेपाल ...
— धनकुटामा आउँदो चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ। यस वर्ष जिल्लाबाट कुल २ हजार ६ सय ३६ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाका अनुसार नियमित साधारण धार, साधारण ग्रेड वृद्धि, नियमित प्राविधिक तथा प्राविधिक ग्रेड वृद्धितर्फका विद्यार्थी परीक्षामा सहभागी ...
: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप भएको छ। जिल्ला अदालत काठमाडौंले ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ओली र लेखकमाथि अनुसन्धान गर्न ५ दिनको म्याद दिएको हो। सरकारी वकिलको कार्यालयले ओली र लेखकमाथि अनुसन्धान गर्न ...