मुख्य समाचार
पतञ्जलि जग्गा घोटला: माधव नेपालको मुद्दामा बहस नोट पेस गर्न आदेश
पतञ्जलि जग्गा घोटला: माधव नेपालको मुद्दामा बहस नोट पेस गर्न आदेश

— विशेष अदालतले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा बहस नोट माग गर्ने आदेश गरेको छ । विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बहस नोट पेस गर्न भनेको हो ।

विशेषले बहसपछि फैसलाका लागि बहस नोट माग गरेकाे हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।

नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारले लगाएको छ।

नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो । नेपालले ठाडो आदेशमा २०६६ माघ १८ गते ठाडो आदेशमा पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिलाएको अभियोगपत्रमा दाबी गरिएको छ ।

३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार गरेको अभियोगमा ९३ जनाविरुद्ध मुद्दा दायर भएकोमा अख्तियारले १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको थियो ।

मालपोत, नापी, भूमिसुधार विभाग, मन्त्रालयलगायतको मिलेमतोमा पतञ्जलिले गरेको खरिद–बिक्रीलाई तत्कालीन मन्त्रिपरिषद्ले वैधता दिएको अख्तियारको अनुसन्धानमा भेटिएको थियो  । मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा २० असोज २०६४ मा पतञ्जलि नेपालमा दर्ता भएको थियो । त्यसपछि ९ पुस २०६४ मा काभ्रेमा उद्योग खोल्न भनेर पतञ्जलिले ७ सय रोपनी जग्गा हदबन्दी छुटमा किन्न भूमिसुधार मन्त्रालयलाई निवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप भएको छ। जिल्ला अदालत काठमाडौंले ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ओली र लेखकमाथि अनुसन्धान गर्न ५ दिनको म्याद दिएको हो। सरकारी वकिलको कार्यालयले ओली र लेखकमाथि अनुसन्धान गर्न ...
— घोराही उपमहानगरपालिका-१४ का बासिन्दाले बजार क्षेत्रमा टिप्पर सञ्चालन गर्न नहुने भन्दै आवागमनमा रोक लगाएका छन् । घोराही–१४ अन्तर्गत सरस्वती टोल विकास संस्था, संगम टोल, बसन्त विहार टोल विकास संस्थालगायत पाँचवटा टोल विकास संस्थाले संयुक्त रूपमा टिप्पर सञ्चाललनको विरोध गरेका हुन् । सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण दुर्घटनाको जोखिम बढेको र सडकमा समेत क्षति पुगेको ...
: सुनसरीको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास गरिएको छ। आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। भारत सरकारको १६.४ करोड रुपैयाँको आर्थिक सहयोगमा केन्द्रको निर्माण हुन लागेको हो। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना सुनसरीको दुहवी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ। नगरपालिकाका मेयर ...
— कर्णाली प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कोषअन्तर्गत सात स्थानीय तहलाई ३ करोड ४० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२र८३ मा सञ्चालन हुने परियोजनाका लागि सम्बन्धित पालिकालाई बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता विनोद शाहका अनुसार डिजिटल प्रविधि, सेवा प्रवाह सुधार, शिक्षा, स्वास्थ्य र उद्यम ...
सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) का कार्यालय प्रमुख सतिश सत्याललाई मन्त्रालय तानिएको छ।