— कर्णाली प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कोषअन्तर्गत सात स्थानीय तहलाई ३ करोड ४० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ।
आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२र८३ मा सञ्चालन हुने परियोजनाका लागि सम्बन्धित पालिकालाई बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता विनोद शाहका अनुसार डिजिटल प्रविधि, सेवा प्रवाह सुधार, शिक्षा, स्वास्थ्य र उद्यम ...