— एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं काग्रेसका नेता रमेश लेखकलाई थुनामा राख्न म्याद दिने कि नदिने बारे जिल्ला अदालत काठमाडौंमा बहस सकिएको छ ।
न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा बहस भएको थियो । लेखकलाई अदालत नै उपस्थित गराइएको थियो भने ओलीलाई भर्चुअल रुपमा जोडिएको थियो । दुवै जना २३ भदौको घटनामा दमन गरेको अभियोगमा अनुसन्धानका लागि शनिबार विहान पक्राउ परेको हुन् ।
बहसका क्रममा सरकारी पक्षले १० दिनको समय माग गरेको थियो भने ओली र लेखकका कानुन व्यवसायीले थुनामा राख्ने आधार नभएको भन्दै थुनामुक्त गर्नुपर्ने माग गरेका थिए । ओली र लेखकका तर्फबाट बरिष्ठ अधिवक्ता हरिहर दाहाल,अग्नी खरेल, रमेश बडाल, गोपालकृष्ण घिमिरे, खम्मबहादुर खातीलगायतले बहस गरेका थिए ।