मुख्य समाचार
संसद र सडक दुवै मोर्चाबाट सरकारको असंवैधानिक कदमविरुद्ध भिड्न तयार रहेको
संसद र सडक दुवै मोर्चाबाट सरकारको असंवैधानिक कदमविरुद्ध भिड्न तयार रहेको

। नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले संसद र सडक दुवै मोर्चाबाट सरकारको असंवैधानिक कदमविरुद्ध भिड्न तयार रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पन्तले सरकारले निहु खोजे हनिमुन पिरियड कुरेर एमाले नबस्ने चेतावनी दिएका छन् । ‘नेकपा एमाले मुठभेड र सरकारसँग द्वन्द्व चाहदैन, तर सरकार निहुँ खोज्न थाल्छ भने संसद र सडक दुवै मोर्चा सम्हालेर सरकारको असंवैधानिक र गैरकानुनी शासनशैली विरुद्ध भिड्न एमाले तयार छ,’ पन्तले लेखेका छन् ।


उनले जेलसँग एमाले नडराउने पनि उल्लेख गरेका छन् । ‘बाघले नदेखेको जंगल होइन, एमालेले नदेखेको जेल होइन,’ पन्तले लेखेका छन्, ‘अहिलेको लोकतन्त्र हामीले सम्पूर्ण जीवन लगाएर, पसिना र रगत बगाएर ल्याएको हो । लाखाौं जनता र कार्यकर्ताहरुको पसिना र रगत बगेको छ यो लोकतन्त्र ल्याउन ।’

उपाध्यक्ष पन्तले पार्टीपंक्तिलाई समेत संयम हुन आग्रह गरेका छन् । सँगै, सच्चिएको एमाले जनताको चाहना भएको पनि उनले सम्झाएका छन् । ‘आत्मालोचित भएर सच्चिएर आएको एमाले जनताले देख्न चाहेका छन् भन्ने नबिर्साै । अजेय शक्ति जनता नै हो भन्ने तथ्य नबिर्सौ,’ पन्तले लेखेका छन्, ‘राजनीतिमा कहिले सडकमा, कहिले जेलमा र कहिले सत्तामा भइन्छ, आत्तिनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने घोषणा गरेको छ । साना तथा लघु उत्तमीहरुको सहकारीमा ठूलो रकम फसेको छ । जसले गर्दा अर्थतन्त्रको चक्र नै प्रभावित भएका बेला राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र अनुसार नै सो घोषणा १ सय बुँदे कार्यसूचीमा समेटेको हो । सरकारले कसूरजन्य सम्पत्ति व्यवस्थापन प्रकृयालाई सरल, सहज बनाउन ...
। सरकारले सबै सार्वजनिक यातायातमा सीसीटीभी जडानको घोषणा गरेको छ । सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम गर्न सबै सवारी साधनमा सीसीटीभी जडानको घोषणा गरिएको छ । राइड–शेयरिङ एपहरूमा एसओएस बटम अनिवार्य गरी आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने कार्य ३० दिनमा सम्पन्न गर्ने घोषणा समेत सरकारले गरेको छ । सरकारले महिलाहरूको सुरक्षित आवागमन समुन्नत ...
। सरकारले सरकारी तथा निजी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कम्तीमा १० प्रतिशत शय्या नि:शुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ । सरकारले शासकीय सुधारका लागि तय गरेको १०० दिने कार्यसूची अन्तर्गत स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने विभिन्न योजना अन्तगर्त आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने अवस्था अन्त्य गर्ने लक्ष्यसहित ...
। सरकारले महिलाहरूको सुरक्षाका लागि भन्दै ‘ब्लु बस’ सञ्चालन गर्ने योजना अघि सारेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको १०० कार्यसूचीमा यो योजना पनि समावेश छ । ‘महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने,’ सरकारको कार्यसूचीमा उल्लेख छ, ‘पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने ।’ त्यस्तै ...
। कृषि उपज खरिदमा उधारो कारोबार अधिकतम २५ दिनभित्र अनिवार्य भुक्तानी हुने व्यवस्था लागू गरिने भएको छ । सरकारले सार्वजनिक गरेको १०० कार्यसूचीमा उक्त विषय उल्लेख छ । कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्य समुन्नत गर्न सो निर्णय गर्न लागिएको हो । सो अवधिभित्र भुक्तानी नभएमा ब्याजसहित भुक्तानी गर्नुपर्ने निर्देशिका तत्काल जारी गरिने भएको छ ...