: पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का पक्राउ परेका छन्। आज बिहान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कांग्रेस नेता खड्कालाई पक्राउ गरेको हो।
सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको हो।
उनी जेनजी आन्दोलनका क्रममा घरमा भेटिएको रकम र स्काउटको जग्गाको विवादमा मुछिएका थिए। थप विवरण आउन बाँकी रहेको छ।