मुख्य समाचार
ओलीको गिरफ्तारी सरकारको स्टन्टबाजी र इगोको तृप्तिका लागि मात्रै गरेको टिप्पणी
ओलीको गिरफ्तारी सरकारको स्टन्टबाजी र इगोको तृप्तिका लागि मात्रै गरेको टिप्पणी

। अनेरास्ववियुका अध्यक्ष दीपक धामीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी सरकारको स्टन्टबाजी र इगोको तृप्तिका लागि मात्रै गरेको टिप्पणी गरेका छन् । शनिबार भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै धामीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार पहिलो दिनमै राजनीतिक प्रतिशोधमा उत्रिएको भन्दै ओलीको गिरफ्तारीको निन्दा गरेका हुन् ।

‘स्टन्टबाजी र आफ्नो इगोको तृप्तिका लागि गरिएका यो किसिमका गतिबिधिहरूको खेद प्रकट गर्न चाहन्छु,’ धामीले भने । एक ७३ वर्षको औषधि खाइरहेको मान्छेलाई रातारात हज्जारौँ प्रहरी परिचालन गरेर पक्राउ गरेको भन्दै उनले आक्रोश पोखे ।

उनले भारत र चीनले लिपुलेक पासबाट सुरु गर्न लागेको व्यापारबारे प्रधानमन्त्री बालेन एक शब्द नबोलेको भन्दै प्रश्न उठाए । उनले भने, ‘ग्रेटर नेपालको नारा दिने बालेन शाहले आज भारत र चीनले लिपुलेकमा बुट बजार्दा केही बोल्छन् कि भन्ने अपेक्षा थियो । तर आज हामी बेठिक सोचिरहेका रहेछौँ भन्ने प्रमाणित भएको छ ।’

ओलीलाई पक्राउ गर्दा विरोधीहरूले सामाजिक सञ्जालमा रमाइरहेको बताउँदै अध्यक्ष धामीले हिजो यस्तै निरंकुश प्रवृत्ति विरुद्ध लडेर ल्याएको लोकतन्त्रमा विधिको शासन ल्याएरै छाड्ने बताए ।

‘हिजो यस्तै प्रवृत्तिले कुनैबेला निरंकुशताको हुकुमी चल्थ्यो, फलानालाई थुन्, फलानालाई निकाल्, फलानालाई बढुवा गर्, फलानालाई सरुवा गर्,’ उनले भने, ‘त्यो हुकुमी शासनको विरोध गरेर जनताको शासन स्थापित गरेका हौँ । आज संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताका आवाज बोलिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमबाट द्वन्द्व सिर्जना हुने कार्य हुन नहुने बताएको छ । केन्द्रीय कार्यालयका तर्फबाट विज्ञप्ति निकालेर नेकपाले यस्तो बताएको हो । सरकारले मन्त्रिपरिषदको पहिलो बैठकबाट गत भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार ...
। नेपाली कांग्रसले तत्काल कुनै आन्दोलनका कार्यक्रमहरू तय नगरेको प्रष्ट पारेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय सचेतना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘सरकारको व्यवहार आग्रहपूर्ण देखियो । हामीले सडक आन्दोलन लगायतका केही कायक्रम गर्ने निर्णय गरेका छैनौं,’ प्रवक्ता चालिसेले भने । आफ्नो पार्टीले सरकारको निष्पक्षता र व्यवहारको ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै उनले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका हुन् । जेनेजी आन्दोलनको छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ओली–लेखक पक्राउ परेका छन् ...
। पूर्व पश्चिम राजमार्गको दाउन्ने सडकखण्डमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोहीतर्फ आउँदै गरेको लु२ख २३५१ नं.को बस र ना.५ख २२७५ नं. को पिकअप गाडीलाई ठक्कर दिदाँ दुर्घटना भएको हो । ट्रकले ठक्कर दिएपछि बस करिब १०० मिटर तल खसेको ...
। नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको दमनबारे जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयनका लागि चयनमुखी भएको निष्कर्ष निकालेको छ । शनिबार बसेको पार्टीको संसदीय सचेतना कार्यक्रमपछि पार्टीले एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेको व्यवहार ‘सेलेक्टिभ’ भएको निष्कर्ष निकालेको हो । ‘आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति ...