मुख्य समाचार
अर्थमन्त्री स्वर्णिम वाग्लेले विभिन्न १५ वटा ऐन खारेज गर्ने पहिलो निर्णय
अर्थमन्त्री स्वर्णिम वाग्लेले विभिन्न १५ वटा ऐन खारेज गर्ने पहिलो निर्णय

: नव नियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले विभिन्न १५ वटा ऐन खारेज गर्ने पहिलो निर्णय गरेका छन् । शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेपछि मन्त्रालय पुगेका वाग्लेले पदभार ग्रहण गर्दै १५ ऐन खारेज गर्ने पहिलो निर्णय गरेका हुन्।


वाग्लेले उच्चस्तरीय आर्थिक सुझाव आयोगको सुझाव अनुसार ऐनहरु खारेज गर्ने निर्णय गरेका हुन् । खारेज गरिने ऐनहरुमा आय टिक दस्तुर ऐन, कालोबजारी तथा केहि सामाजिक अपराध तथा सजायसम्बन्धी ऐन–२०३२, निजी वन राष्ट्रियकरणसम्बन्धी ऐन–२०१३, प्रशासकीय कार्यविधि (नियमन) ऐन–२०१३, क्षतिपूर्ति ऐन, विर्ता उन्मुलन ऐन, विर्तावालले विर्तामा रकम लगाइ–लिन खान नपाउने ऐन, २०१५, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२, विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ छन् ।


यस्तै नेपाल एजेन्सी ऐन, २०१४, प्रादेशिक विकास योजना (कार्यान्वयन गर्ने) ऐन, २०१३, निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३, सामाजिक व्यवहार सुधार ऐन, २०३३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४ तथा वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५ समेत खारेजीको सूचीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै उनले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका हुन् । जेनेजी आन्दोलनको छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ओली–लेखक पक्राउ परेका छन् ...
। पूर्व पश्चिम राजमार्गको दाउन्ने सडकखण्डमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोहीतर्फ आउँदै गरेको लु२ख २३५१ नं.को बस र ना.५ख २२७५ नं. को पिकअप गाडीलाई ठक्कर दिदाँ दुर्घटना भएको हो । ट्रकले ठक्कर दिएपछि बस करिब १०० मिटर तल खसेको ...
। नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको दमनबारे जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयनका लागि चयनमुखी भएको निष्कर्ष निकालेको छ । शनिबार बसेको पार्टीको संसदीय सचेतना कार्यक्रमपछि पार्टीले एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेको व्यवहार ‘सेलेक्टिभ’ भएको निष्कर्ष निकालेको हो । ‘आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति ...
। पूर्वप्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा उत्रिएका केही एमाले कार्यकर्ताले रिपोर्टिङका लागि पार्टी कार्यालय पुगेका पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । एमाले सचिवालय बैठकको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुले सोधेको प्रश्नप्रति पार्टी कार्यालय परिसरमै केही कार्यकर्ताले दुर्व्यवहार गरी क्यामेराहरू बाहिर निकाल्न खोजेका थिए । सचिवालय बैठकपछि नाराबाजी गरेको एमाले कार्यकर्ताले च्यासलस्थित करिडोर पुलमा टायर बालेर ...
: नेकपा एमालेले पक्राउ गरिएका पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ । पार्टी मुख्यालय च्यासलमा शनिबार बसेको सचिवालय वैठकले आम समुदाय र नागरिक समाजको साथमा अध्यक्ष ओलीको पक्राउको सशक्त राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ । एमालेले अध्यक्ष ओलीको पक्राउविरुद्ध आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको ...