मुख्य समाचार
राष्ट्रिय खेदलकुद परिषद (राखेप) को निलम्बनपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलन
राष्ट्रिय खेदलकुद परिषद (राखेप) को निलम्बनपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलन

: राष्ट्रिय खेदलकुद परिषद (राखेप) को निलम्बनपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलन गरेको छ । झापामा चुनाव गराउन गएको कार्यसमितिले राखेपको निलम्बन पत्र प्राप्त भएपछि सम्पूर्ण सदस्यहरुसहित पत्रकार सम्मेलन गरेको हो ।


एन्फाले तेस्रो पटक आफ्नो संघीय चुनाव स्थगित गरेको हो । तेस्रो पटक चुनाव स्थगित गरेको एन्फाले एएफसी र फिफासँग छलफल गरेर चुनाव स्थगित गरेको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै एन्फाका महासचिव किरण राईले फिफा र एएफसीसँग समन्वय गर्दै चुनाव स्थगित गरेको बताएका हुन् ।


उनले भने, ‘हामीले बारम्बार राखेपको पत्रको उत्तर दिँदै आएका थियौं तर पनि उहाँँहरुले हामीलाई निलम्बन गर्नुभयो । यो कुरा हामीले फिफा र एएफसीमा जानकारी गराएका थियौं । अब उहाँहरुले नै सरकारी पक्षसँग छलफल गर्ने बताउनु भएको छ ।’ एन्फा निलम्बनमा पर्दा अब हुने महिलाको मैत्रीपूर्ण खेलको लागि महिला टिमको खेल र एएफसी एसियन कप छनोटको लाओससँगको खेलको जिम्मा राखेपले लिनुपर्ने राईले बताए ।



‘नेपाली फुटबल अब भ्याकेन्ट अवस्थामा रहेको छ । अब यसको जिम्मा राखेपले लिनुपर्छ ।’ लाओससँग खेलका लागि स्विकृतिको पत्र आफूहरु निलम्बन हुनुअघि नै राखेप पठाएको एन्फा महासचिव किरण राईले बताए । ‘एएफसी एसियन कप छनोट खेल्न पठाउन हामीले चैत ८ मा नै पत्र पठाएका छौं । लाओससँग खेल खेल्न नेपाली टिम पठाउनु पर्छ भन्ने हामी चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार भएको रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित भएको हो । नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । तास्मानियाका लागि टम डायरले सर्वाधिक ६० रन बनाए । राफ म्याकमिलनले ३२, जस्टिन गालोटीले २४, विल प्रेस्टविज र म्याथ्यु ...
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...