मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन निर्देशन
गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन निर्देशन

: नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन्। शुक्रबार पदबहाली गरेपछि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिए।

भ्रष्टाचार गरेको पुष्टि भए कसैलाई नछाड्ने उनको भनाइ छ। उनले आगामी पाँच वर्ष देशको पक्षमा गम्भीर भएर काम गर्ने भन्दै यसमा सबैको सहयोग आवश्यक रहने बताए। उनले आफू जनतालाई परिणाम दिनेगरी काम गर्न मन्त्रालयको नेतृत्वमा आएको भन्दै एकद्वार प्रणालीबाट शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिए।

आफू बोलेरभन्दा पनि कामबाट नतिजा देखाउने उनको भनाइ छ। मन्त्री गुरुङले सरकारका निर्णय कार्यान्वयन गर्दिनँ भन्ने छुट कसैलाई नभएको समेत बताए। अहिलेको परिवर्तन जेनजी युवाको बलिदानमा सम्भव भएको उल्लेख गर्दै उनले युवाहरूको मागलाई वर्तमान सरकारले सम्बोधन गर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वप्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा उत्रिएका केही एमाले कार्यकर्ताले रिपोर्टिङका लागि पार्टी कार्यालय पुगेका पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । एमाले सचिवालय बैठकको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुले सोधेको प्रश्नप्रति पार्टी कार्यालय परिसरमै केही कार्यकर्ताले दुर्व्यवहार गरी क्यामेराहरू बाहिर निकाल्न खोजेका थिए । सचिवालय बैठकपछि नाराबाजी गरेको एमाले कार्यकर्ताले च्यासलस्थित करिडोर पुलमा टायर बालेर ...
: नेकपा एमालेले पक्राउ गरिएका पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ । पार्टी मुख्यालय च्यासलमा शनिबार बसेको सचिवालय वैठकले आम समुदाय र नागरिक समाजको साथमा अध्यक्ष ओलीको पक्राउको सशक्त राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ । एमालेले अध्यक्ष ओलीको पक्राउविरुद्ध आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको ...
। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ कानूनी राज्यको आधारभूत सिद्धान्तविपरीत रहेको बताएको छ । नेविसंघले शनिबार विज्ञप्ति निकालेर ओली–लेखक पक्राउका लागि सरकारले गरेको निर्णय फिर्ता लिन माग गरेको छ । उसले पक्षपातपूर्ण निर्णय जबरजस्ती कार्यान्वयन गर्न खोजे प्रतिवादमा उत्रिने चेतावनी पनि दिएको छ ...
। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका दमनकारीलाई बचाउने षड्यन्त्र कतैबाट नगर्न आग्रह गरेको छ । संस्थाले प्रेस वक्तव्य निकालेर जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएकोमा स्वागत गरेको छ । साथै, उक्त घटनामा संलग्न तत्कालीन गृह प्रशासन तथा सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत पक्राउ गरी निष्पक्ष ...