मुख्य समाचार
वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि रणनीतिक योजना ल्याउने
वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि रणनीतिक योजना ल्याउने

: वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि रणनीतिक योजना ल्याउने बताएकी छिन् । शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्वलाई नियन्त्रण गर्नु अहिलेको आवश्यकता रहेको भन्दै यसका लागि रणनीतिक योजना ल्याउने बताएकी हुन् ।


उनले द्वन्द्व न्यूनीकरणका लागि सरोकारवालासँग छलफल गरी ठोस रणनीति बनाइने उल्लेख गरिन् । उनले विशेष गरी वन पैदावार र समुदाय दुवैलाई सशक्त बनाउनु पर्ने आवश्यकता रहेको धारणा समेत राखिन् । मन्त्री चौधरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आफू आएको उल्लेख गर्दै मध्यवर्ती क्षेत्रका बासिन्दाले भोगिरहेका समस्यालाई समाधान गर्न प्राथमिकता दिइने धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सशस्त्र प्रहरीले नवलपरासीबाट झण्डै १८ लाख बराबरको ‘हुक्का फ्लेवर’ बरामद गरेको छ । जिल्लाको झोलनीपुर सीमावर्ती नाकाबाट २४ कार्टुन हुक्का फ्लेवर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणका निमित्त प्रमुख डिएसपी प्रमोद खड्काले जानकारी दिए । गए राति गस्तीको क्रममा बलिनगरको तरैनीबाट ५० ग्रामका ५ हजार ९५० पिस हुक्का फ्लेवर बरामद भएको ...
। अनेरास्ववियुका अध्यक्ष दीपक धामीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी सरकारको स्टन्टबाजी र इगोको तृप्तिका लागि मात्रै गरेको टिप्पणी गरेका छन् । शनिबार भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै धामीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार पहिलो दिनमै राजनीतिक प्रतिशोधमा उत्रिएको भन्दै ओलीको गिरफ्तारीको निन्दा गरेका हुन् । ‘स्टन्टबाजी र आफ्नो इगोको तृप्तिका लागि गरिएका यो ...
: तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी एसईईको तयारी गर्दै गरेका विद्यार्थीको मृत्यु भएको छ। गए राति करिब १ बजेतिर घरमा आगलागी हुँदा कक्षा १० मा अध्यनरत १५ वर्षीय क्षितिज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुर्खेत बस्दै आएका उनी एसईई परीक्षा दिनका लागि कुडारीस्थित आफ्नो घरमा आएका थिए। उनको शव ...
। नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विषयलाई संसद्मा उठाउने भएको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली र लेखकमाथि फौजदारी कसूरमा अनुसन्धान गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ । सोही सिफारिसको आधारमा दुवै जना शनिबार बिहान पक्राउ परेका हुन् । एमालेका उपमहासचिव योगेश भट्टराईका अनुसार उनको पार्टीले ओली र लेखकको ...
: मोरङको रंगेली नगरपालिका–१ पोखरी टोलमा शनिबार बिहान ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बबियाबिर्ताबाट कर्सियातर्फ जाँदै गरेको प्रदेश ०३–००१ त ७१५१ नम्बरको ट्याक्टरले बिहान ८ः४५ बजेतिर रंगेली–१ का ५० वर्षीय होली ऋषिदेवलाई टक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका ऋषिदेवलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याउन साथ बिहान ९ः४५ बजेतिर चिकित्सकले ...