मुख्य समाचार
ओली र लेखकको गिरफ्तारी गैरकानुनी
ओली र लेखकको गिरफ्तारी गैरकानुनी

। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ । त्यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ ।

आज बिहान उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठकका निर्णय सुनाउँदै एमाले महासचिव शंकर पोखरेलले ओली र लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रह भएको बताए ।

उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्तसना र विरोध गर्दछ ।’

आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग समेत गरेको छ। बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने लगायतका निर्णय पनि गरेको छ ।

एमालेले गरेका निर्णयहरु यस्ता छन्–

१. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने।

२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।

३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने ।

४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।

ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चाबहित क्षेत्रमा भेला भएर केहीबेर अघिसम्म विरोध प्रदर्शन गरेका थिए ।

जेनजी आन्दोलनका क्रममा भएका घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएपछि प्रहरीले आज बिहान एमाले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष दीपक धामीले मातहतका कमिटीलाई राजनीतिक प्रतिशोध साँध्ने गतिविधिको भण्डाफोरका लागि सडकमा उत्रिन आह्वान गरेका छन् । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा शनिबार प्रदर्शनमार्गमा आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनेरास्ववियुका सबै कमिटीहरूलाई सडकमा उत्रिन आह्वान गरेका हुन् । ‘देशैभरीका सबै साथीहरू, सबै जिल्ला कमिटी, सबै विश्वविद्यालय कमिटी ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि संस्थापन इतर समूहका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका हुन् । इतर समूहमा रहेका २० जना नेता अहिले ठमेलको एक होटलमा छलफल गरिरहेका स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार छलफलको संयोजन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका ...
: सशस्त्र प्रहरीले नवलपरासीबाट झण्डै १८ लाख बराबरको ‘हुक्का फ्लेवर’ बरामद गरेको छ । जिल्लाको झोलनीपुर सीमावर्ती नाकाबाट २४ कार्टुन हुक्का फ्लेवर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणका निमित्त प्रमुख डिएसपी प्रमोद खड्काले जानकारी दिए । गए राति गस्तीको क्रममा बलिनगरको तरैनीबाट ५० ग्रामका ५ हजार ९५० पिस हुक्का फ्लेवर बरामद भएको ...
। अनेरास्ववियुका अध्यक्ष दीपक धामीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी सरकारको स्टन्टबाजी र इगोको तृप्तिका लागि मात्रै गरेको टिप्पणी गरेका छन् । शनिबार भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै धामीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार पहिलो दिनमै राजनीतिक प्रतिशोधमा उत्रिएको भन्दै ओलीको गिरफ्तारीको निन्दा गरेका हुन् । ‘स्टन्टबाजी र आफ्नो इगोको तृप्तिका लागि गरिएका यो ...
: तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी एसईईको तयारी गर्दै गरेका विद्यार्थीको मृत्यु भएको छ। गए राति करिब १ बजेतिर घरमा आगलागी हुँदा कक्षा १० मा अध्यनरत १५ वर्षीय क्षितिज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुर्खेत बस्दै आएका उनी एसईई परीक्षा दिनका लागि कुडारीस्थित आफ्नो घरमा आएका थिए। उनको शव ...