मुख्य समाचार
चिनियाँ प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई सन्देश
चिनियाँ प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई सन्देश

। चिनियाँ प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई सन्देश पठाएका छन् ।

मार्च २७ मा पठाइएको सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले नेपाल सरकारको शासन सञ्चालनप्रति चीनको समर्थन रहेको स्पष्ट पार्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सन्देशमा उनले प्रधानमन्त्री शाहसँग सहकार्य गर्दै चीन–नेपालबीच उच्चस्तरीय रूपमा ‘बेल्ट एन्ड रोड’ पहलको संयुक्त निर्माण अघि बढाउने, साथै विभिन्न क्षेत्रमा सहयोग विस्तार गरी द्विपक्षीय सम्बन्धलाई थप गहिरो बनाउने इच्छा व्यक्त गरेका छन् । उनले चीन–नेपाल सम्बन्धलाई विकास र समृद्धि उन्मुख दीर्घकालीन रणनीतिक साझेदारीतर्फ अघि बढाउने पनि बताएका छन् ।

उनले चीन र नेपालबीचको सम्बन्धलाई पहाड र नदीले जोडिएको परम्परागत छिमेकी सम्बन्धका रूपमा व्याख्या गरेका छन् । साथै कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षयता दुई देशले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै आएको उल्लेख गरेको स्मरण पनि लीले गरेका छन् ।


यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियान्सले नेपालस्थित चिनियाँ दूतावासमार्फत बालेनलाई बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि संस्थापन इतर समूहका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका हुन् । इतर समूहमा रहेका २० जना नेता अहिले ठमेलको एक होटलमा छलफल गरिरहेका स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार छलफलको संयोजन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका ...
: सशस्त्र प्रहरीले नवलपरासीबाट झण्डै १८ लाख बराबरको ‘हुक्का फ्लेवर’ बरामद गरेको छ । जिल्लाको झोलनीपुर सीमावर्ती नाकाबाट २४ कार्टुन हुक्का फ्लेवर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणका निमित्त प्रमुख डिएसपी प्रमोद खड्काले जानकारी दिए । गए राति गस्तीको क्रममा बलिनगरको तरैनीबाट ५० ग्रामका ५ हजार ९५० पिस हुक्का फ्लेवर बरामद भएको ...
। अनेरास्ववियुका अध्यक्ष दीपक धामीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी सरकारको स्टन्टबाजी र इगोको तृप्तिका लागि मात्रै गरेको टिप्पणी गरेका छन् । शनिबार भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै धामीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार पहिलो दिनमै राजनीतिक प्रतिशोधमा उत्रिएको भन्दै ओलीको गिरफ्तारीको निन्दा गरेका हुन् । ‘स्टन्टबाजी र आफ्नो इगोको तृप्तिका लागि गरिएका यो ...
: तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी एसईईको तयारी गर्दै गरेका विद्यार्थीको मृत्यु भएको छ। गए राति करिब १ बजेतिर घरमा आगलागी हुँदा कक्षा १० मा अध्यनरत १५ वर्षीय क्षितिज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुर्खेत बस्दै आएका उनी एसईई परीक्षा दिनका लागि कुडारीस्थित आफ्नो घरमा आएका थिए। उनको शव ...
। नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विषयलाई संसद्मा उठाउने भएको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली र लेखकमाथि फौजदारी कसूरमा अनुसन्धान गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ । सोही सिफारिसको आधारमा दुवै जना शनिबार बिहान पक्राउ परेका हुन् । एमालेका उपमहासचिव योगेश भट्टराईका अनुसार उनको पार्टीले ओली र लेखकको ...