मुख्य समाचार
रवि लामिछानेले पार्टी संसदीय दलका नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागिरहेको बताए
रवि लामिछानेले पार्टी संसदीय दलका नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागिरहेको बताए

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टी संसदीय दलका नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागिरहेको बताएका छन् । सभापति लामिछानेले सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेनले पाँच वर्ष मात्र नभई त्यो भन्दा लामो समय काम गर्ने बताए ।

उनले प्रधानमन्त्रीमा कुनै आलोपालो नहुने समेत बताएका छन् । सभापति लामिछानेले भने, ‘जनतामाझ गरेको वाचा पुरा गरेका छौं, अब जनजीविकाका सवालमा काम गर्नुपर्ने दायित्व हामीसँग छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष दीपक धामीले मातहतका कमिटीलाई राजनीतिक प्रतिशोध साँध्ने गतिविधिको भण्डाफोरका लागि सडकमा उत्रिन आह्वान गरेका छन् । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा शनिबार प्रदर्शनमार्गमा आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनेरास्ववियुका सबै कमिटीहरूलाई सडकमा उत्रिन आह्वान गरेका हुन् । ‘देशैभरीका सबै साथीहरू, सबै जिल्ला कमिटी, सबै विश्वविद्यालय कमिटी ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि संस्थापन इतर समूहका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका हुन् । इतर समूहमा रहेका २० जना नेता अहिले ठमेलको एक होटलमा छलफल गरिरहेका स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार छलफलको संयोजन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका ...
: सशस्त्र प्रहरीले नवलपरासीबाट झण्डै १८ लाख बराबरको ‘हुक्का फ्लेवर’ बरामद गरेको छ । जिल्लाको झोलनीपुर सीमावर्ती नाकाबाट २४ कार्टुन हुक्का फ्लेवर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गणका निमित्त प्रमुख डिएसपी प्रमोद खड्काले जानकारी दिए । गए राति गस्तीको क्रममा बलिनगरको तरैनीबाट ५० ग्रामका ५ हजार ९५० पिस हुक्का फ्लेवर बरामद भएको ...
। अनेरास्ववियुका अध्यक्ष दीपक धामीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी सरकारको स्टन्टबाजी र इगोको तृप्तिका लागि मात्रै गरेको टिप्पणी गरेका छन् । शनिबार भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै धामीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार पहिलो दिनमै राजनीतिक प्रतिशोधमा उत्रिएको भन्दै ओलीको गिरफ्तारीको निन्दा गरेका हुन् । ‘स्टन्टबाजी र आफ्नो इगोको तृप्तिका लागि गरिएका यो ...
: तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी एसईईको तयारी गर्दै गरेका विद्यार्थीको मृत्यु भएको छ। गए राति करिब १ बजेतिर घरमा आगलागी हुँदा कक्षा १० मा अध्यनरत १५ वर्षीय क्षितिज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुर्खेत बस्दै आएका उनी एसईई परीक्षा दिनका लागि कुडारीस्थित आफ्नो घरमा आएका थिए। उनको शव ...