मुख्य समाचार
‘ज्यादती भयो, सडक, सदन र अदालत तीनवटै मोर्चामा उत्रिन्छौं’
‘ज्यादती भयो, सडक, सदन र अदालत तीनवटै मोर्चामा उत्रिन्छौं’

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीले आकस्मिकरुपमा बैठक बोलाएको छ । आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने तयारी गरेको छ । यसैसन्दर्भमा एमाले सचिव महेश बस्नेतसँग गरिएको संक्षिप्त कुराकानी :






पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि अब एमालेले के गर्छ ?

अब हामी सचिवालय बैठक बस्दै छौँ। हामी सदन, सडक र कानुनी लडाइँ-यी तिनैतिरबाट अघि बढ्छौँ । यी तिनवटै बाटो हामी अपनाउँछौँ ।




आज बिहान केन्द्रीय कार्यालयमा सचिवालयको बैठक छ । त्यसपछि केन्द्रीय सदस्य, जिल्ला सदस्य र प्रदेशका इन्चार्ज/पदाधिकारीहरूको बैठक बस्छ र आन्दोलनका कार्यक्रमहरू तय हुन्छन् । सदनदेखि सडक र कानुनी उपचारसम्म तीनवटै मोर्चामा सँगसँगै जान्छौं ।त्यो निर्णय पार्टीले गर्छ ।

एमालेको पहिलो माग के हुन्छ ?

पहिलो कुरा त, कार्की आयोगको प्रतिवेदन नै एकदम प्रतिशोधपूर्ण, आग्रहपूर्ण र अधुरो छ। त्यहाँमाथि सरकारले क्याबिनेटबाटै निर्णय गरेर मुद्दा चलाउने भन्नु संसारमा नभएको अभ्यास हो।

कतिसम्म पूर्वाग्रह देखियो भने, राजनीतिक मान्छेलाई चाहिँ तुरुन्त कारबाही अघि बढाउने अनि सुरक्षाकर्मीहरूलाई चाहिँ फेरि छानबिन गर्ने भनिएको छ। त्यहाँ अर्को पूर्वाग्रह देखिन्छ।

दोस्रो कुरा, सामान्यतया कसैलाई रातारात गिरफ्तार गर्नु भनेको सम्बन्धित व्यक्ति फरार हुने वा भाग्ने स्थिति हुँदा मात्र गरिन्छ ।

यहाँ त्यो परिस्थिति त होइन, तैपनि रातारात समातिएको छ। बिदाको दिन पनि बिहान ४ बजे नै पक्राउ गर्नुको मतलब, अदालतले भोलि बन्दी प्रत्यक्षीकरण वा म्याद नथपे पनि २४ घण्टासम्म थुन्न पाइन्छ भन्ने एउटा गलत मनसाय देखिन्छ। यो ‘नाङ्लो ठटाएर हात्ती तर्साउने‘ खालको मनसाय पनि हो।

सामान्यतया दक्षिण एसियामा नेपाल ‘राजनीतिक बन्दीहरू नभएको देश‘ भनेर चिनिन्थ्यो। यो लोकतन्त्रको एउटा राम्रो सूचक थियो, जहाँ तानाशाही थिएन। तर, हिजो सिंहदरबारदेखि हाम्रा सम्पदाहरू जल्दा सुरक्षाका लागि प्रहरी खासै परिचालित भएनन्, आफ्नै चौकीसमेत बचाएनन्। आज भने एउटा व्यक्तिलाई पक्रिन हजारौं प्रहरी खटाएर, चार-पाँचवटा नाका र सर्वसाधारणको आवागमनसमेत बन्द गरेर ज्यादतीपूर्ण ढंगले काम गरिएको छ।

बालेनजी र सुदनजी जो आफैँ घटनामा ‘डिस्कर्ड‘ प्रयोग गर्नेदेखि ग्रुप प्रोग्रामसम्मका कुरामा संलग्न छन् र कारबाहीको दायरामा आउनुपर्छ भनेर उनीहरूविरुद्ध नै धेरै ठाउँमा जाहेरी परेको छ, उनीहरूले नै यस्तो प्रतिशोधपूर्ण गतिविधि गरे। यसको त अब राम्रै प्रतिवाद भइहाल्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणको अनुमति दिन थालेको छ । विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि ‘पर्मिट’ अनुमति दिन थालेको हो । विभागको अभिलेख अनुसार बुधबारसम्म १० समूहका ८२ जनाले पर्मिट लिइसकेका छन् । १ मार्चदेखि बुधबारसम्म सो संख्यामा अनुमति जारी भएको हो। यस अवधिमा सबैभन्दा धेरै अन्नपूर्ण प्रथम आरोहण ...
। एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन सुरू गरेको छ । ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् । उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै एमाले नेताहरूले अब सडक ...
: सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरू कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिए। आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन ...
। अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । बिपी राजमार्गमा काम गर्ने एक मजदुरको मृत्यु भएको रोशी गाउँपालिकाको उपाध्यक्ष ज्वाला वाइवाले जानकारी दिए । उनका अनुसार बिपी राजमार्गमा काम गर्ने रोशी-७ निवासी कुन्साङ तामाङको‌ रोशी खोलाले बगाएर मृत्यु भएको हो । वर्षाका कारण बिपी राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । ...
: गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गरेको जानकारी दिएका छन्। फेसबुकमा स्टाटस लेख्दै उनले आज बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेशलाई पक्राउ गरेको जानकारी दिएका हुन्। गुरुङले कानुनभन्दा माथि कोही नभएको बताए। उनले यो कसैप्रति प्रतिशोध नभएको टिप्पणी गरे। ‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी ...