मुख्य समाचार
प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा गएको टिप्पणी
प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा गएको टिप्पणी

। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा गएको टिप्पणी गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार बिहान पक्राउ गरिएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारबारे टिप्पणी गरेका हुन् । ‘प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार,’ नेता ज्ञवालीले लेखेका छन्, ‘तर, उसले चाहे जस्तो हुने छैन ।’


यसअघि एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जलालमार्फत् नै अध्यक्ष ओलीको पक्राउको विरोधमा हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए ।

‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं,’ बस्नेतले लेखेका छन्, ‘कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिइनेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणको अनुमति दिन थालेको छ । विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि ‘पर्मिट’ अनुमति दिन थालेको हो । विभागको अभिलेख अनुसार बुधबारसम्म १० समूहका ८२ जनाले पर्मिट लिइसकेका छन् । १ मार्चदेखि बुधबारसम्म सो संख्यामा अनुमति जारी भएको हो। यस अवधिमा सबैभन्दा धेरै अन्नपूर्ण प्रथम आरोहण ...
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीले आकस्मिकरुपमा बैठक बोलाएको छ । आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने तयारी गरेको छ । यसैसन्दर्भमा एमाले सचिव महेश बस्नेतसँग गरिएको संक्षिप्त कुराकानी : पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि अब एमालेले के गर्छ ? अब हामी सचिवालय बैठक बस्दै छौँ। हामी सदन, सडक र कानुनी लडाइँ-यी ...
। एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन सुरू गरेको छ । ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् । उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै एमाले नेताहरूले अब सडक ...
: सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरू कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिए। आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन ...
। अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । बिपी राजमार्गमा काम गर्ने एक मजदुरको मृत्यु भएको रोशी गाउँपालिकाको उपाध्यक्ष ज्वाला वाइवाले जानकारी दिए । उनका अनुसार बिपी राजमार्गमा काम गर्ने रोशी-७ निवासी कुन्साङ तामाङको‌ रोशी खोलाले बगाएर मृत्यु भएको हो । वर्षाका कारण बिपी राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । ...