मुख्य समाचार
नवलपरासीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते
नवलपरासीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते

: नवलपरासीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। आज(शनिबार) बिहान १ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीन वटा सवारी साधन एक आपसमा ठोकिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले जानकारी दिए ।


पूर्वबाट पश्चिम(बुटवलतर्फ) जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेका लु २ ख २३५१ को बसले सोही दिशाबाट जाँदै गरेको ना ५ ख २२७५ को पिकअप गाडी दुर्घटनामा परेको हो । ट्रक र बसले पिकअपलाई ठक्कर दिएको थियो । ठक्कर दिएका बस र ट्रक २ सय मिटर तल खस्दा दुर्घटना भएको डिएसपी पन्तले बताए ।


दुर्घटनामा परी रोल्पा बागमाराका २५ वर्षका गोबिन बुढा, र पहिचान नखुलेका २५/२६ वर्षका दुई पुरुषको मृत्यु भएको छ । उनीहरुको शव पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ । त्यसैगरी घाइते हुनेमा बसका चालक रोल्पा माडी बस्ने २४ वर्षिय हिमाल घर्ती, सोही ठाउँका १९ वर्षका किरण पुन, रोल्पा परिवर्तन–४ बस्ने मरिचमान घर्ती घाइते भएका छन् । त्यसैगरी सोही ठाउँ बस्ने ४८ वर्षका सुशिला नेपाली, वर्ष ५८ का मोतिलाल डाँगी, वर्ष ६२ का झुपबहादुर घर्ती र वर्ष ६२ का तीर्थबहादुर पुन छन् ।



त्यस्तै घाइते हुने अन्यमा ट्रक चालक बर्दिया बारबर्दिया नगरपालिका–७ का २४ वर्षका सागर चौधरी, सोही ठाउँका १९ वर्षका जीवन चौधरी, कञ्चनपुर कृष्णपुर गाउँपालिका–६ का २८ वर्षका लोकराज ओझा, काठमाण्डौंका २८ वर्षका लक्ष्मी खत्री, दाङ घोराही–३ का ४९ वर्षका खीमबहादुर नेपाली र एक पहिचान नखुलेकी अन्दाजी २५ वर्षकी महिला रहेकी प्रहरील जनाएको छ । मध्यम अवस्थामा रहेका उनीहरु सबैको बुटवल सिटी अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी चितवन इच्छा मनकामना –१ का ३१ वर्षका विशाल चेपाङ् र पिकअप चालक चितवन रत्ननगरका वर्ष २९ का आशिष गुरुङ् घाइते भएका छन् । सामान्य अवस्थामा रहेका उनीहरुको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणको अनुमति दिन थालेको छ । विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि ‘पर्मिट’ अनुमति दिन थालेको हो । विभागको अभिलेख अनुसार बुधबारसम्म १० समूहका ८२ जनाले पर्मिट लिइसकेका छन् । १ मार्चदेखि बुधबारसम्म सो संख्यामा अनुमति जारी भएको हो। यस अवधिमा सबैभन्दा धेरै अन्नपूर्ण प्रथम आरोहण ...
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीले आकस्मिकरुपमा बैठक बोलाएको छ । आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने तयारी गरेको छ । यसैसन्दर्भमा एमाले सचिव महेश बस्नेतसँग गरिएको संक्षिप्त कुराकानी : पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि अब एमालेले के गर्छ ? अब हामी सचिवालय बैठक बस्दै छौँ। हामी सदन, सडक र कानुनी लडाइँ-यी ...
। एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन सुरू गरेको छ । ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् । उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै एमाले नेताहरूले अब सडक ...
: सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरू कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिए। आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन ...
। अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । बिपी राजमार्गमा काम गर्ने एक मजदुरको मृत्यु भएको रोशी गाउँपालिकाको उपाध्यक्ष ज्वाला वाइवाले जानकारी दिए । उनका अनुसार बिपी राजमार्गमा काम गर्ने रोशी-७ निवासी कुन्साङ तामाङको‌ रोशी खोलाले बगाएर मृत्यु भएको हो । वर्षाका कारण बिपी राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । ...