मुख्य समाचार
ओलीलाई स्वास्थ्य परीक्षण गर्न टिचिङ अस्पताल लगियो
ओलीलाई स्वास्थ्य परीक्षण गर्न टिचिङ अस्पताल लगियो

। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको छ । आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको प्रहरीले केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर स्वास्थ्य परीक्षण गर्न लगेको हो ।

उनलाई अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको छ । रेड जोनमा विशेष र जटिल प्रकारका बिरामीहरुलाई राख्ने गरिन्छ ।

अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आज बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको हो । सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँगको बैठक बस्ने छ । ती बैठकले विरोधका कार्यक्रम र स्वरुप तय गर्ने सचिव बस्नेतको भनाइ छ ।

एमाले सचिव महेश बस्नेतले सचिवालय बैठकपछि विरोधको कार्यक्रमको विस्तृत जानकारी दिइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नवलपरासीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। आज(शनिबार) बिहान १ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीन वटा सवारी साधन एक आपसमा ठोकिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले जानकारी दिए । पूर्वबाट पश्चिम(बुटवलतर्फ) जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ...
संविधानविद् निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले भलो नगर्ने टिप्पणी
। एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन् । उनलाई ‘एनेक्स वान’को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएको थियो । उनलाई सुरुमा अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य ...
: बीपी राजमार्गमा कार्यरत एक कामदारको खोलाले बगाउँदा मृत्यु भएको छ। अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले बगाउँदा रोशी गाउँपालिका–७ निवासी कुन्साङ तामाङको मृत्यु भएको हो। रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाइवाका अनुसार मृतक तामाङ बीपी राजमार्ग निर्माण कार्यमा संलग्न मजदुर हुन्। बाटो पूर्ण रूपमा अवरुद्ध भएका कारण प्रहरी घटनास्थलमा पुग्न नसक्दा शवको मुचुल्का उठाउन समेत ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बालेन सरकार प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको टिप्पणी गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेपछि उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् यस्तो टिप्पणी गरेका हुन् । ‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको ...