मुख्य समाचार
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्ने सफलता मिलोस्
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्ने सफलता मिलोस्

। निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई ज्ञापन गरेकी छिन् । उनले बधाई दिँदै युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा हर्षित बनाएको बताएकी छिन् ।

‘नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई । ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।

साथै, जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्ने सफलता मिलोस् भन्दै कार्कीले शुभकामना पनि दिएकी छिन् ।

‘जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस् । अपार शुभकामना,’ उनले भनेकी छिन् ।

कार्कीले राष्ट्रपति कार्यालयमा आयोजित शपथग्रहण कार्यक्रमपछि बालेनलाई कुर्सी जिम्मा लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले आफूबारे सञ्चारमाध्यममा आएका समाचारहरूमा सत्यता नभएको दाबी गरेका छन् । नवगठित मन्त्रिपरिषद्‍मा नअटाएको विषयमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै उनले प्रकाशित समाचारहरूलाई भ्रामक भनेका छन् । ‘केहीबेर अगाडिदेखि मिडियाहरूमा आएको समाचार भ्रामक हुन्,’ सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यसमा कुनै सत्यता छैन ।’ यसअघि बालेन शाह नेतृत्वमा गठन हुने मन्त्री बन्नेहरूको सूचीमा ...

। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई बधाई दिएका छन् । शुक्रबार एक्समार्फत बधाई दिँदै प्रधानमन्त्री शरिफले क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्य अघि बढाउन बालेनसँग नजिक रहेका काम गर्न उत्सुक रहेको बताएका छन् । ‘नेपालका प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नुभएकोमा सम्माननीय बालेन्द्र शाहलाई हार्दिक बधाई छ, जसले राष्ट्रिय स्वतन्त्र पार्टीको एकतर्फी जितपछि यो पद ...
। सामूहिक नेतृत्वअनुसार काम गर्दा सफल हुने गृहमन्त्री ओम प्रकाश अर्यालले बताएका छन् । मन्त्रालयबाट बिदा हुने क्रममा बुधबार आयोजना गरिएको कार्यक्रममा मन्तव्य राख्दै अर्यालले सामूहिक नेतृत्वको प्रयासबाट तोकिएका जिम्मेवारी पूरा गर्न मन्त्रालय सफल भएको बताएका हुन् । ‘सामूहिक नेतृत्वको प्रयासबाट काम नभएको भए यति ठूलो संकटबाट यत्तिकै बाहिर निसक्न सक्दैना थियौं,’ मन्त्री अर्यालले भने, ‘व्यवसायिकतालाई ...
। नेपाल बार एशोसियसनको आकस्मिक बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमाथि असहमतिसहित विरोध जनाउने निर्णय गरेको छ । प्रतिवेदनका कतिपय ठाउँमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतामाथि प्रहार भएको, कानुन व्यवसायीमाथि लान्छना लगाइएको र अन्य आपत्तिजनक विषयवस्तु समावेश भएको देखिएकाले विरोध गर्नु परेको नेपाल बार एशोसियसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले बताए । उनले अनलाइनखबरसँग भने, ‘तत्कालका लागि प्रारम्भिक ...