। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नवगठित सरकारका राम्रा कामहरूमा सधैं समर्थन रहने बताएका छन् ।
नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई तथा शुभकामना दिँदै उनले राम्रा कामहरूमा कांग्रेसको सधैं समर्थन रहने बताएका हुन् ।
‘सरकारका राम्रा कामहरुमा हाम्रो समर्थन सधैँ रहने छ । सँगसँगै हामीले सरकारका कामहरुबारे सुक्ष्म निगरानी पनि गर्नेछौँ,’ पौडेलले भनेका छन्, ‘जनताको अपेक्षाविपरीत कुनै कदम चालिए, संविधान तथा राष्ट्रियताको रक्षाका लागि हामी खबरदारी पनि गर्नेछौँ ।’
झण्डै दुईतिहाइको सरकार भएका कारण जनताका अपेक्षा धेरै रहेका र अपेक्षाहरू हुँदै जाने उनले विश्वास व्यक्त गरेका छन् । ‘अर्कोतिर यो जति अवसर हो, नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूका लागि त्यति नै चुनौती पनि,’ महामन्त्री पौडेलले फेसबुकमा लेखेका छन् ।