। नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार सम्हालेकी छन् । पदभार सम्हाल्दै उनले जबरजस्ती करणी र जबरजस्ती करणीपछि हुने हत्या, यौनजन्य हिंसालगायत कसुरका दोषीलाई दण्ड सजाय तथा पीडितलाई न्यायका लागि कानुनका अवरोध संशोधन गर्ने निर्णय गरेकी छन् ।
उनले आफ्नो पहिलो निर्णयमा भनेकी छन्, ‘…जबरजस्ती करणी र जबरजस्ती करणी पश्चात् हुने हत्या जस्तो जघन्य कसूर, यौनजन्य हिंसा, बालबालिका सम्बन्धी कसूरमा संलग्न कसुरदारलाई दण्ड, सजाय र पीडितलाई शीघ्र न्यायको लागि अपराध संहिता लगायतका कानूनहरूमा देखिएका अवरोध पहिचान गरी अध्ययन गर्न पेस भएबमोजिम अध्ययन कार्यदल गठन गरी अध्ययन गराउने र सम्बद्ध कानूनमा संशोधन कार्य अघि बढाउन मनासिव देखी पेस गर्दछु ।’