मुख्य समाचार
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफूमाथि गरेको कारबाही सिफारिस निराधार रहेको प्रतिक्रिया
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफूमाथि गरेको कारबाही सिफारिस निराधार रहेको प्रतिक्रिया

। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफूमाथि गरेको कारबाही सिफारिस निराधार रहेको प्रतिक्रिया दिएका छन् । बिहीबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूमाथि गरिएको फौजदारी अभियोगको सिफारिसमा न्यायिक आधार नै नभएको बताएका हुन् ।

‘अहिले खासगरी नेकपा एमाले अध्यक्षका बारेमा, तत्कालीन प्रधानमन्त्रीका बारेमा फौजदारी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार छानबिन र मुद्दा चलाउने सिफारिस गरेको छ,’ ओलीले भने, ‘दफा १८१ र १८२ घटनास्थलमा व्यक्ति उपस्थित भएको हुनुपर्छ र उसबाट प्रत्यक्ष रूपमा घटना घटाइएको हुनुपर्छ । भवितव्यले होस् कि लापरबाहीले होस् । जुनसुकै अवस्थामा मात्रै उसको उपस्थिति आवश्यक छ ।’

जो मान्छे त्यहाँ उपस्थित नै भएको छैन उसले लापरबाही गरेर घटना भयो भन्नुको न्यायिक आधार नै नभएको उनले दाबी गरे । ‘अर्को कुरा पहिले देखि नै भन्दैआएको छु, प्रधानमन्त्रीले न गोली चलाउँछ, न चलाउने आदेश दिन्छ । अहिले यसबिचमा मानिस मरेका छन्, यसको जिम्म कसले लिने ?,’ ओलीले भने ।

न्यायधीश भइसकेका मान्छे, प्रहरीको उच्च ओहदामा बसेको मान्छेबाट जुन सिफारिस भएको छ, त्यो अत्यन्त निराधार र कानुनी हिसाबले पनि नमिल्ने देखिएको उनले बताए ।

एमालेले पहिले नै पार्टीको १० औँ केन्द्रीय कमिटीले यो आयोगका पदाधिकारीमाथि प्रश्न उठाइसकेको पनि ओलीले बताए ।

‘पहिले नै धारणा व्यक्त गरिसकेका र खासगरी हाम्रो पार्टीका विरुद्ध विषाख्त र आग्रहपूर्ण धारणा अभिव्यक्त गरिसकेका, आग्रहपूर्ण धारणा निराधार ढंगले विषाख्त तरिकाले पस्किसकेका व्यक्ति, आफ्नो फैसला पहिले नै सुनाइसकेका व्यक्ति भएको हुनाले, छनोटको आधार नै त्यही बनाएर जिम्मा दिएको हुनाले त्यस्ता व्यक्तिबाट कुनै सत्यतथ्यमा आधारित यथार्थ प्रतिवेदन आउन सक्दैन भनेर हामीले भनेका थियौँ,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन् । सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘प्रतिपक्षको भूमिकामा भएको हुनाले गुण र दोषका आधारमा सकारात्मक काममा हाम्रो सहयोगी भूमिका हुन्छ, त्यो हाम्रो ...
। पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखाल नगरपालिका–२ शिवचोक घर भएका ५८ वर्षीय कृष्णप्रसाद दंगाल र चितवनको खैरहनी नगरपालिका–१० कि २८ वर्षीया सरिता गुनी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो । उनीहरुविरुद्ध धनुषा जिल्ला ...
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमा ‘सेटिङ गर्नुपर्छ’ भन्दै प्रतिव्यक्ति एक लाख रुपैयाँ दरले रकम उठाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । अध्यागमन विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोगमा लमजुङ घर भएका जगत गुरुङ नाम गरेका व्यक्तिलाई बुधबार पक्राउ गरिएको हो । लाजिम्पाटस्थित के एण्ड सी इन्टरनेशनल प्रालि मेनपावरबाट गुरुङलाई पक्राउ गरिएको अध्यागमन विभागका ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताएका छन् । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारीसहितको प्रतिनिधिमण्डलसँग बिहीबार साँझ भएको भेटमा उनले यस्तो बताएका हुन् । सभापति थापाले कांग्रेसले आफ्‌नो चुनावी घोषणा पत्रमा नेपाली मूलका नागरिकलाई समेट्ने प्रयास गरेको बताए । एएनकोका अध्यक्ष अधिकारीले ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि असत्य र अश्लील शैलीमा प्रचार हुँदा पार्टी पङ्तिबाट प्रतिवाद हुन नसकेको समीक्षा सुनाएका छन् । एमाले मुख्यालय च्यासलमा बिहीबार नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले निर्वस्त्र प्रचारको सामना गर्न नसक्दा एमाले चुनाव हारेको दाबी गरेका हुन् । ‘असत्य, अभद्र, अश्लील प्रचारबाट हामीहरुमाथि प्रहार भयो । हाम्रो सभ्य शैलीले त्यसको ...