मुख्य समाचार
जीर्ण घर भत्किएको छ, अब सम्हालेर राम्रो घर बनाउनुपर्छ : एन्फा पूर्वअध्यक्ष शेर्पा
जीर्ण घर भत्किएको छ, अब सम्हालेर राम्रो घर बनाउनुपर्छ : एन्फा पूर्वअध्यक्ष शेर्पा

। अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फा निलम्बन हुनु भनेको नेपाली फुटबलको जीर्ण घर भत्किएको बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निलम्बन गरेपश्चात एन्फा साधारण सभा एंव अग्रिम निर्वाचनका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष शेर्पाले इतिहासले कलंक हुने काम नगर्न आग्रह गरे ।




‘नेपाली फुटबलको जीर्ण घर भत्किएको छ । अब सम्हालेर राम्रो घर बनाउनुपर्छ’ उनले भने, ‘त्यसका लागि क्लब र झापामा साधारण सभाका लागि पुग्नुभएका साथीहरुलाई म के अनुरोध गर्न चाहन्छु भनेपछि इतिहासले कलंक हुने काम नगर्नुहोला ।’

नेपाली फुटबल एउटा दुर्घटनामा पुगेको शेर्पाको भनाइ छ । खेलकुद ऐनअनुसार जन्मिएको संस्था भएकाले उक्त ऐन एन्फाले मान्नुपर्नेमा उनले जोड दिए ।




‘नेपालका सरकारी निकायमा दर्ता भएको कारणले गर्दा फिफा र एएफसीले पनि मान्यता दिएको हो’ उनले भने, ‘नेपाली फुटबललाई अहिलेका साथीहरुले जहाँ पुर्‍याउनुभएको छ, त्यो नेपाली इतिहासको दुर्भाग्य दिनको सुरुवात भएको छ । तर, पनि हामी फुटबल कर्मीहरु नेपाली फुटबललाई बचाउन लाग्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन् । सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘प्रतिपक्षको भूमिकामा भएको हुनाले गुण र दोषका आधारमा सकारात्मक काममा हाम्रो सहयोगी भूमिका हुन्छ, त्यो हाम्रो ...
। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफूमाथि गरेको कारबाही सिफारिस निराधार रहेको प्रतिक्रिया दिएका छन् । बिहीबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूमाथि गरिएको फौजदारी अभियोगको सिफारिसमा न्यायिक आधार नै नभएको बताएका हुन् । ‘अहिले खासगरी नेकपा एमाले अध्यक्षका बारेमा, तत्कालीन प्रधानमन्त्रीका बारेमा फौजदारी अपराध संहिता २०७४ को दफा ...
। पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखाल नगरपालिका–२ शिवचोक घर भएका ५८ वर्षीय कृष्णप्रसाद दंगाल र चितवनको खैरहनी नगरपालिका–१० कि २८ वर्षीया सरिता गुनी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो । उनीहरुविरुद्ध धनुषा जिल्ला ...
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमा ‘सेटिङ गर्नुपर्छ’ भन्दै प्रतिव्यक्ति एक लाख रुपैयाँ दरले रकम उठाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । अध्यागमन विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोगमा लमजुङ घर भएका जगत गुरुङ नाम गरेका व्यक्तिलाई बुधबार पक्राउ गरिएको हो । लाजिम्पाटस्थित के एण्ड सी इन्टरनेशनल प्रालि मेनपावरबाट गुरुङलाई पक्राउ गरिएको अध्यागमन विभागका ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताएका छन् । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारीसहितको प्रतिनिधिमण्डलसँग बिहीबार साँझ भएको भेटमा उनले यस्तो बताएका हुन् । सभापति थापाले कांग्रेसले आफ्‌नो चुनावी घोषणा पत्रमा नेपाली मूलका नागरिकलाई समेट्ने प्रयास गरेको बताए । एएनकोका अध्यक्ष अधिकारीले ...