मुख्य समाचार
यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने
यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने

। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो ।

यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।

मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको मिस वर्ल्ड प्रतियोगितामा १३० भन्दा बढी प्रतिस्पर्धी सहभागी हुने अपेक्षा गरिएको जनाएको छ ।

आयोजकले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आगामी दिनहरूमा विशेष उत्सवका लागि विश्वका सुन्दरीहरू भियतनाममा भेला हुनेछन् ।’

मिस वर्ल्ड संगठनकी अध्यक्ष जुलिया मोर्ले मार्च २९ मा हो ची मिन्ह सिटीमा हुने मिस वर्ल्ड भियतनाम २०२५ को ग्राण्ड फिनालेमा सहभागी हुने तय भएको छ । उक्त कार्यक्रममा उनले यस वर्षको मिस वर्ल्ड प्रतियोगिताबारे थप जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

सन् १९५१ मा बेलायतमा स्थापना भएको मिस वर्ल्ड प्रतियोगिता विश्वको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामध्ये एक मानिन्छ ।

यो प्रतियोगिताले सौन्दर्य, बुद्धिमत्ता र सामाजिक सेवाप्रतिको प्रतिबद्धता बोकेका प्रतिस्पर्धीलाई सम्मान गर्दै विश्व एकताको सन्देश दिने उद्देश्य राखेको छ ।

पछिल्ला वर्षहरूमा ‘ब्युटी विथ अ पर्पस’ भन्ने सन्देशलाई अझ प्राथमिकता दिइएको छ, जसका कारण विजेताहरूले विश्वभरबाट राम्रो जनसमर्थन पाउने गरेका छन् ।

नेपालबाट यसवर्ष मिस नेपाल लुना लुइँटेलले मिस वर्ल्डमा सहभागिता जनाउनेछिन् । उनले यसको तयारीस्वरुप ‘ब्युटी विथ पर्पस’ परियोजना पर्वतको फलेवासमा संचालन गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...
। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् । हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री ...
। प्रधानमन्त्री बालेन शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई बधाइ तथा शुभकामना दिएका छन् । बालेनले दुवै अवार्डमा सिफारिस र मनोनयन भएको ग्राफिक्स तस्वीर सामाजिक संजालमा सेयर गर्दै फिल्म हेर्न आग्रह गरेका छन् । लेख्छन्- हलमा दोस्रो हप्तामा लाग्दैछ है । अविनाशविक्रम ...
। ‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति दिएका छन् । मंगलबार राति होटल सोल्टीमा आयोजित समारोहमा नेपाली कला, संस्कृति र मौलिकता दर्शाउने पहिरनमा आफूलाई प्रस्तुति दिए । उक्त फेसन-शोको उद्देश्य नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनु रहेको आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले जनाएको छ । रन-वेका लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी ...
नेपाल-तिब्बत सीमामा आएको विनाशकारी पहिरो र आकस्मिक बाढीपछि हलिउड अभिनेता रिचर्ड गेरेले नेपाल र तिब्बतका जनताप्रति ऐक्यबद्धता जनाएका छन् । ‘आज मेरो मन नेपाल र तिब्बतका जनतासँग छ,’ गेरेले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा लेखेका छन् । गेरेको नेपाल र तिब्बतसँग करिब ५० वर्षदेखि गहिरो सम्बन्ध छ । उनी सन् १९७८ मा ब्राजिलियन चित्रकार सिल्भिया मार्टिन्ससँग पहिलोपटक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम