मुख्य समाचार
निर्वाचनको परिणाम जादुमय देखिएको टिप्पणी
निर्वाचनको परिणाम जादुमय देखिएको टिप्पणी

। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम जादुमय देखिएको टिप्पणी गरेका छन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेबाट निर्वाचित सांसदलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन,’ ओलीले भने, ‘तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ ।’


निर्वाचनमा एमाले र एमालेको गन्तव्य विरोधीले गलत प्रचार गरेको ओलीले बताए । ‘यसमा एउटा हाम्रा विरोधीहरुले अथवा हाम्रा उद्देश्यका विरोधीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यका विरोधीले कुप्रचार गरेर देशमा घृणाको राजनीति गरे,’ ओलीले भने ।

घृणाको राजनीति गर्नेहरूलाई धेरैतिरको सहयोग भएको पनि ओलीले दाबी गरे ।

एमाले सांसदलाई सत्यका पक्षमा काम गर्न पनि उनले निर्देशन दिए । ‘कौरवको सेना असाधारण थियो, ठूलो थियो । पाण्डवको सेना थोरै थियो । तर, नतिजा सत्यको पक्षमा आयो, सत्यको पक्षमा आउँछ,’ उनले भने, ‘हामी देशका लागि, जनताका लागि, शान्तिका लागि, सुशासनका लागि र विकासका लागि काम गर्दैर्छौँ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन् । सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘प्रतिपक्षको भूमिकामा भएको हुनाले गुण र दोषका आधारमा सकारात्मक काममा हाम्रो सहयोगी भूमिका हुन्छ, त्यो हाम्रो ...
। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफूमाथि गरेको कारबाही सिफारिस निराधार रहेको प्रतिक्रिया दिएका छन् । बिहीबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूमाथि गरिएको फौजदारी अभियोगको सिफारिसमा न्यायिक आधार नै नभएको बताएका हुन् । ‘अहिले खासगरी नेकपा एमाले अध्यक्षका बारेमा, तत्कालीन प्रधानमन्त्रीका बारेमा फौजदारी अपराध संहिता २०७४ को दफा ...
। पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखाल नगरपालिका–२ शिवचोक घर भएका ५८ वर्षीय कृष्णप्रसाद दंगाल र चितवनको खैरहनी नगरपालिका–१० कि २८ वर्षीया सरिता गुनी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो । उनीहरुविरुद्ध धनुषा जिल्ला ...
। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमा ‘सेटिङ गर्नुपर्छ’ भन्दै प्रतिव्यक्ति एक लाख रुपैयाँ दरले रकम उठाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । अध्यागमन विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोगमा लमजुङ घर भएका जगत गुरुङ नाम गरेका व्यक्तिलाई बुधबार पक्राउ गरिएको हो । लाजिम्पाटस्थित के एण्ड सी इन्टरनेशनल प्रालि मेनपावरबाट गुरुङलाई पक्राउ गरिएको अध्यागमन विभागका ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताएका छन् । एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारीसहितको प्रतिनिधिमण्डलसँग बिहीबार साँझ भएको भेटमा उनले यस्तो बताएका हुन् । सभापति थापाले कांग्रेसले आफ्‌नो चुनावी घोषणा पत्रमा नेपाली मूलका नागरिकलाई समेट्ने प्रयास गरेको बताए । एएनकोका अध्यक्ष अधिकारीले ...