मुख्य समाचार
स्वीडेन ले युक्रेन लाई ३–१ ले पराजित गर्दै फाइनलमा
स्वीडेन ले युक्रेन लाई ३–१ ले पराजित गर्दै फाइनलमा

। फिफा विश्वकप युरोपियन प्लेअफअन्तर्गत पाथ ‘बी’ अन्तर्गतको सेमिफाइनलमा स्वीडेन ले युक्रेन लाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

भ्यालेन्सियास्थित एस्टाडि सिउटाट डे भ्यालेन्सियामा भएको खेलमा स्वीडेनका लागि भिक्टर ग्योकेरेस नायक बने। उनले खेलको छैटौं, ५१औं र ७३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

पहिलो गोलमा बेन्जामिन न्यग्रेन को उत्कृष्ट पासलाई सदुपयोग गरेका थिए भने दोस्रो गोल गोलकिपर क्रिस्टोफर नर्डफेल्ट को लामो पासमा आधारित थियो।

तेस्रो गोल भने उनले पेनाल्टीमार्फत गरेका थिए । युक्रेनका गोलकिपर आनातोली ट्रुबिन ले फल गरेपछि पेनाल्टी पाएका थिए, जसलाई उनले सहजै गोलमा परिणत गरे।

युक्रेनका लागि अन्तिम समयमा मात्भी पोनोमारेंकोले एक गोल फर्काए पनि त्यो सान्त्वना गोलमा मात्र सीमित रह्यो।

यस्तै, यही पाथअन्तर्गत अर्को सेमिफाइनलमा पोल्यान्डले अल्बानिया लाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको छ।

अल्बानियाका लागि होक्साले अग्रता दिलाए पनि पोल्यान्डका रोबर्ट लेवान्डोव्स्की र पिओत्र जेलिन्स्कीले गोल गर्दै खेल आफ्नो पक्षमा पारे।

अब स्वीडेन र पोल्यान्डबीच हुने फाइनलको विजेताले विश्वकपमा स्थान बनाउनेछ।

पाथ ‘सी’ बाट कोसोभो र टर्कीले फाइनलमा स्थान बनाएका छन् भने पाथ ‘डी’ बाट चेक रिपब्लिक र डेनमार्क फाइनलमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम