मुख्य समाचार
रामनवमीका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा
रामनवमीका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा

। चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।

रामनवमीका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

रामनवमीको दिन देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि पूजा गर्नेहरुको घुइँचो छ ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोरोको रुपमा विष्णुको अवतार लिएर रामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ ।

रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको वाल्मिकीय रामायणमा पढ्न पाइन्छ ।

रामनवमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबैमा शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विचार मात्रै संसद्मा बोल्न निर्देशन दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई मन लाग्यो बोलेँ भन्न नपाइने बताएका हुन् । ‘पार्टीका विचार त्यहाँ(संसद्मा) बोल्नुपर्छ । पार्टीले देशको विचार अघि बढाएको छ,’ ओलीले निर्देशन दिँदै भने, ‘ती भन्दाबाहेक मलाई यस्तो ...
। प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी रहेको बताएकी छन् । आज राष्ट्रको नाममा सम्बोधन गर्दै कार्कीले आफू धेरै आशा बोकेर बिदा हुन लागेको बताएकी हुन् । ‘६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ,’ उनले भनिन्, ‘अहिले म केही सन्तुष्टि र धेरै ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वका थुप्रै देशहरू त्रसित मनस्थितिमा रहेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले विश्व असाधारण अवस्थामा रहेको बताएका हुन् । ‘आज विश्वमा जे भइरहेको छ । असाधारण भइरहेको छ । यसलाई रोक्न प्रभारकारी कदमहरू चालिएको छैन,’ ओलीले भने, ‘राष्ट्रहरूको अस्तित्व संकटमा छन् । सार्वभौम ...
। प्रधानमन्त्री सुशीला कार्कीले पदबाट बिदा हुनु अघिल्लो दिन राष्ट्रको नाममा सम्बोधन गरेकी छन् । उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समयमा डर र अनिश्चय बीच सत्ता सम्हालेको स्मरण गरेकी छन् । उनले जेनजी आन्दोलनमा ज्यान गुमाएका, घाइते भएकाहरूलाई सम्झिँदै भनेकी छन्, ‘आज म तपाईंहरू सामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ ...
। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको अन्तरिम सरकारले गरेका १९२ काम सार्वजनिक गरेकी छन् । बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले साढे ६ महिनामा गरेका महत्त्वपूर्ण १९२ काम सार्वजनिक गरेकी हुन् । जेनजी आन्दोलनपछि भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्दा ...