मुख्य समाचार
सर्वोच्च पुगे बालेन्द्र शाह, अवहेलना मुद्दाको पेसी जेठ १४ गते
सर्वोच्च पुगे बालेन्द्र शाह, अवहेलना मुद्दाको पेसी जेठ १४ गते

— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सिंहदबारमा सांसदको शपथ लिएर सर्वोच्च अदालतबाट अवहेलना मुद्दामा तारिख बुझेका छन् । शपथ लिएपछि सोही पोसाकमै उनी सर्वोच्च पुगेका थिए ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाकाअनुसार काठमाडौं महानगरपालिकाको मेयरको रुपमा उनीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा आफैं उपस्थित हुनु भनि आदेश भएकाले उनी तारेख लिन गएका हुन् । उक्त मुद्दाको पेसी जेठ १४ गते तोकिएको छ ।

तीन वर्षअघि उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेपछि बालेन आक्रोशित भएर दिएको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको थियो । उनले सामाजिक सञ्जालमार्फत छिमेकी मित्रराष्ट्र भारतसँग अदालत र सरकारलाई जोडेर आपत्तिजनक लाञ्छना लगाएको जिकिरसहित अधिवक्ता वर्षाकुमारी झाले अवहेलना मुद्दा दर्ता गरेकी थिइन् ।

उक्त मुद्दामा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको संयुक्त इजलासले वारेस राख्न नपाउने र आफै उपस्थित हुन भनेको थियो ।

सर्वोच्चले मुद्दाको तारिखमा स्वयम् हाजिर हुन भनेका कारण बालेन आफैँ सर्वोच्चमा उपस्थित भएका हुन् । तत्कालीन समयमा शाहले 'जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल-भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन,’ भनि लेखेका थिए । यसले अदालतको अवहेलना गरेकाले कैद र जरिवाना हुनुपर्ने जिकिर निवेदनमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विद्यालयको होस्टेलमा बस्दै आएका १४ वर्षीय बालकको मृत्यु घटनालाई आफन्तले 'शंकास्पद' भएको आरोप लगाएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्लिस बोर्डिङ स्कुलको होस्टेलमा बस्दै आएका १४ वर्षका धमेन्द्रकुमार साहको शनिबार मृत्यु भएको थियो । होस्टेल संचालकले ती बालकले आत्महत्या गरेकाे बताइरहेका छन् । मृतकका आफन्तले ढिलो गरी मात्रै परिवारजनलाई खबर गरेकाले ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल पूरा गरी बिहीबार गृह मन्त्रालयबाट बिदा भएका छन् । नवनिर्वाचित सांसदहरूले आजै पद तथा गोपनीयताको शपथ लिएसँगै भोलि नयाँ सरकार गठन हुने तयारीका बीच उनले पदबाट बिदा लिएका हुन् । मन्त्रालयमा योजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेन–जी जनआन्दोलन पछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा ...
— एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले आफूलाई कारबाहीका लागि गरेको सिफारिस अस्वीकार्य भएको बताएका छन् । आयोगको प्रतिवेदन सार्वजनिक भएको अर्को दिन औपचारिक रूपमा धारणा सार्वजनिक गर्दै उनले भदौ २३ मा करिब दुई दर्जन व्यक्तिको ज्यान गएको घटनामा तत्कालीन प्रधानमन्त्रीको हैसियतले आफ्नो संलग्नता पुष्टि ...
: राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता बालेन्द्र शाह (बालेन) चुनिएका छन्। पार्टी सभापति रवि लामिछानेले संसदीय दलको नेतामा बालेनलाई गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले बताए। निर्वाचनमा १८२ सिट जितेर एकल सरकार बनाउन लागेको रास्वपाका तर्फबाट बालेन प्रधानमन्त्री बन्दैछन्। उनले शुक्रबार १२:३४ मा प्रधानमन्त्री पदमा सपथ लिँदैछन्।
— विश्वभर तीव्र गतिमा फैलिादै गएको केराको घातक रोग ‘ट्रोपिकल रेस–४ (टीआर–४)’ ले नेपाललाई पनि उच्च जोखिमको घेरामा पार्न थालेको भन्दै विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका छन् । याे रोगले केरा खेतीमा दीर्घकालीन र विनासकारी असर पार्ने भन्दै विज्ञहरूले समयमै सतर्कता नअपनाए संकट निम्तिन सक्ने चेतावनी दिएका छन् । सुनसरीको तरहरामा बुधबार आयोजित कोशी र ...