मुख्य समाचार
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले आफूलाई कारबाहीका लागि गरेको सिफारिस अस्वीकार्य भएको बताए
भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले आफूलाई कारबाहीका लागि गरेको सिफारिस अस्वीकार्य भएको बताए

— एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले आफूलाई कारबाहीका लागि गरेको सिफारिस अस्वीकार्य भएको बताएका छन् । आयोगको प्रतिवेदन सार्वजनिक भएको अर्को दिन औपचारिक रूपमा धारणा सार्वजनिक गर्दै उनले भदौ २३ मा करिब दुई दर्जन व्यक्तिको ज्यान गएको घटनामा तत्कालीन प्रधानमन्त्रीको हैसियतले आफ्नो संलग्नता पुष्टि नहुने तर्क गरे ।

बिहीबार एमाले सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण दिँदै उनले प्रतिवेदनमाथि आलोचना गरेका हुन् । ‘अहिले खासगरी नेकपा एमाले अध्यक्षको बारेमा तत्कालीन प्रधानमन्त्रीको बारेमा फौजदारी अपराध अनुसार छानबिन गर्न र मुद्दा चलाउन सिफारिस गरेको छ । त्यो अपराधअनुसार घटनास्थलमा व्यक्ति उपस्थित भएको हुनुपर्छ र उसबाट घटना प्रत्यक्ष रूपमा घटाइएको हुनुपर्नेछ,’ उनले भने, ‘भवितव्यले होस् कि लापर्बाही होस् जुनसुकै परिस्थितिमा पनि उसको उपस्थिति घटनास्थलमा आवश्यक छ । प्रधानमन्त्रीले न गोली चलाउँछ, न चलाउने आदेश दिन्छ ।’

अध्यक्ष ओलीले गृहमन्त्री, प्रहरी महानिरीक्षकमाथि पनि कारबाही सिफारिस गर्नु निराधार भएको बताए । ‘त्यो अत्यन्तै निराधार र कानुनी हिसाबले प्रधानमन्त्री, गृहमन्त्री, आईजीपीका बारेमा सिफारिस गर्नै नमिल्ने, कानुनी हिसाबले गर्नै नमिल्ने कुरा हो । जो घटनास्थलमा उपस्थितै छैन ।’

उनले कारबाहीको सिफारिस पनि पूर्वाग्रही भएको बताएका छन् । ‘हाम्रो नाम त्यहाँ उल्लेख गर्नु भनेको चरम पूर्वाग्रह, कतै केही नपाएपछि, केही नभेटेपछि बलजफ्ती लगेर ती दफाहरू ठोसेको छ । यो बदनाम गर्ने, चरित्र हत्या गर्ने र घृणाको राजनीतिको अर्को प्रकटीकरण मात्रै हो । घृणाको राजनीति प्रकट भएको मात्रै हो त्यस कारण यो निन्दनीय छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सिंहदबारमा सांसदको शपथ लिएर सर्वोच्च अदालतबाट अवहेलना मुद्दामा तारिख बुझेका छन् । शपथ लिएपछि सोही पोसाकमै उनी सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाकाअनुसार काठमाडौं महानगरपालिकाको मेयरको रुपमा उनीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा आफैं उपस्थित हुनु भनि आदेश भएकाले उनी तारेख लिन ...
— विद्यालयको होस्टेलमा बस्दै आएका १४ वर्षीय बालकको मृत्यु घटनालाई आफन्तले 'शंकास्पद' भएको आरोप लगाएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्लिस बोर्डिङ स्कुलको होस्टेलमा बस्दै आएका १४ वर्षका धमेन्द्रकुमार साहको शनिबार मृत्यु भएको थियो । होस्टेल संचालकले ती बालकले आत्महत्या गरेकाे बताइरहेका छन् । मृतकका आफन्तले ढिलो गरी मात्रै परिवारजनलाई खबर गरेकाले ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल पूरा गरी बिहीबार गृह मन्त्रालयबाट बिदा भएका छन् । नवनिर्वाचित सांसदहरूले आजै पद तथा गोपनीयताको शपथ लिएसँगै भोलि नयाँ सरकार गठन हुने तयारीका बीच उनले पदबाट बिदा लिएका हुन् । मन्त्रालयमा योजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेन–जी जनआन्दोलन पछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा ...
: राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता बालेन्द्र शाह (बालेन) चुनिएका छन्। पार्टी सभापति रवि लामिछानेले संसदीय दलको नेतामा बालेनलाई गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले बताए। निर्वाचनमा १८२ सिट जितेर एकल सरकार बनाउन लागेको रास्वपाका तर्फबाट बालेन प्रधानमन्त्री बन्दैछन्। उनले शुक्रबार १२:३४ मा प्रधानमन्त्री पदमा सपथ लिँदैछन्।
— विश्वभर तीव्र गतिमा फैलिादै गएको केराको घातक रोग ‘ट्रोपिकल रेस–४ (टीआर–४)’ ले नेपाललाई पनि उच्च जोखिमको घेरामा पार्न थालेको भन्दै विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका छन् । याे रोगले केरा खेतीमा दीर्घकालीन र विनासकारी असर पार्ने भन्दै विज्ञहरूले समयमै सतर्कता नअपनाए संकट निम्तिन सक्ने चेतावनी दिएका छन् । सुनसरीको तरहरामा बुधबार आयोजित कोशी र ...