— विश्वभर तीव्र गतिमा फैलिादै गएको केराको घातक रोग ‘ट्रोपिकल रेस–४ (टीआर–४)’ ले नेपाललाई पनि उच्च जोखिमको घेरामा पार्न थालेको भन्दै विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका छन् ।
याे रोगले केरा खेतीमा दीर्घकालीन र विनासकारी असर पार्ने भन्दै विज्ञहरूले समयमै सतर्कता नअपनाए संकट निम्तिन सक्ने चेतावनी दिएका छन् ।
सुनसरीको तरहरामा बुधबार आयोजित कोशी र मधेश प्रदेशका सरोकारवालाहरूको क्षमता अभिवृद्धि कार्यक्रममा विज्ञहरूले टीआर–४ को जोखिमबारे गम्झीर चिन्ता व्यक्त गरेका हुन् । संयुत्त राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ)को सहयोगमा आयोजित कार्यक्रममा सरकारी निकाय, अनुसन्धान संस्था, प्राविधिक तथा कृषि क्षेक्रमा सत्रिय प्रतिनिधिको सहभागिता थियो ।
टीआर–४ मूलतः ढुसी (फंगस) बाट हुने रोग हो, जसले विशेषगरी ‘क्याभेन्डिस’ जातका केरामा गम्भीर असर पार्छ । यसको सबैभन्दा खतरनाक पक्ष भनेको माटो मार्फत फैलिनु र एकपटक संक्रमण भएपछि वर्षौंसम्म जमिनमै जीवित रहन सक्नु हो । यसले बोटलाई क्रमशः कमजोर बनाउादै सुकाएर अन्ततः उत्पादन पूर्णरूपमा नष्ट गर्छ ।
विज्ञहरूका अनुसार सन् २०१९ मा दक्षिण एसियामा पहिलोपटक देखिएको यो रोग अहिले १९ भन्दा बढी देशमा फैलिसकेको छ । विश्वका प्रमुख केरा उत्पादन गर्ने मुलुकहरूमा यसको प्रकोपले ठूलो आर्थिक क्षति पुर्याइसकेको छ । नेपालमा केरा खेती विस्तार हुादै जाादा रोगको जोखिम पनि सागसागै बढिरहेको छ ।
ads/samsung-s26-desk-2032026113308.jpg
खुला सिमाना, कृषिजन्य सामग्रीको आवतजावत र जैविक सुरक्षामा कमजोरीका कारण टीआर–४ भित्रिने सम्भावना उच्च रहेको विज्ञहरूको भनाइ छ । संक्रमित माटो, जुत्ता, कृषि उपकरण र सवारी साधनमार्फत रोग सजिलै सर्ने भएकाले सावधानी नअपनाउँदा एक ठाउँबाट अर्को ठाउँमा तीव्र गतिमा फैलिन सक्छ । टीआर–४ को सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेको यसको हालसम्म प्रभावकारी उपचार नहुनु हो । त्यसैले रोकथामलाई नै प्रमुख उपायका रूपमा लिनुपर्ने विज्ञहरूको जोड छ ।
खेतमा प्रयोग हुने उपकरणको नियमित सरसफाइ, संक्रमित क्षेत्रबाट आवतजावतमा नियन्त्रण, रोग पहिचान भएपछि तुरुन्त व्यवस्थापन र निगरानी प्रणाली सुदृढ बनाउनु अत्यावश्यक रहेको सुझाव दिइएको छ ।
कार्यक्रममा एफएओका मधेश प्रदेश प्रतिनिधि विवेक आचार्यले रोग नियन्त्रण तथा व्यवस्थापनमा संस्थाले गरिरहेको काम र अनुभव प्रस्तुत गरेका थिए । साथै, रोगको इतिहास, महामारीको अवस्था, आर्थिक प्रभाव र सम्भावित समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो ।
कृषि अनुसन्धान निर्देशनालय तरहराका निर्देशक डा. राजेन्ऽ दराईसहितका विज्ञहरूले समयमै प्रभावकारी कदम नचालिए नेपालमा केरा खेती संकटमा पर्न सक्ने बताएका छन् । बिषादी व्यवस्थापन विज्ञ भोजराज सापकोटा, डा. हीराकाजी मानन्धर र वरिष्ठ बाली संरक्षण अधिकृत श्रीकृष्ण न्यौपानेले पनि रोग नियन्त्रणमा एकीकृत प्रयास आवश्यक रहेको औंल्याए ।
ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
यसको फैलावट रोक्न राज्य, प्राविधिक र किसानबीच समन्वय, सतर्कता र व्यवहारिक कदम अत्यावश्यक देखिएको भन्दै उनीहरुले समयमै सचेत नहुने हो भने नेपालमा केरा खेतीको भविष्य नै जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् ।