मुख्य समाचार
फुटबल संघ (एन्फा) को चैत १३ मा हुने चुनावमा पंकजविक्रम नेम्वाङका विपक्षी अध्यक्ष उम्मेदवार दीर्घबहादुर (कुमार) केसी पक्ष सहभागी नहुने
फुटबल संघ (एन्फा) को चैत १३ मा हुने चुनावमा पंकजविक्रम नेम्वाङका विपक्षी अध्यक्ष उम्मेदवार दीर्घबहादुर (कुमार) केसी पक्ष सहभागी नहुने

: अखिल नेपाल फुटबल संघ (एन्फा) को चैत १३ मा हुने चुनावमा पंकजविक्रम नेम्वाङका विपक्षी अध्यक्ष उम्मेदवार दीर्घबहादुर (कुमार) केसी पक्ष सहभागी नहुने भएको छ । काठमाडौंमा चुनावको एक दिनअघि पत्रकार सम्मेलन गर्दै कुमार पक्षले आफूहरु चुनावमा नजाने बताएका हुन् ।


‘हामी नेपाल सरकारको सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले निलम्बन गरेको संघको चुनावमा राष्ट्रको ऐन विपरित संलग्न हुँदैनौं ।’ दीर्घबहादुर (कुमार) केसीले अन्नपूर्ण पोष्टसँग कुरा गर्दै भनेका हुन् ।


उनीसँगै उनको प्यानलमा रहेका १८ जनालाई निर्वाचन समीति र सचिवालयले कुनै पनि खबर नगरेको समेत केसीले बताए । ‘भोलि चुनाव हुँदैछ । झापामा भनेको छ । झापा कहाँ जाने हामीलाई निर्वाचन समितिले केही खबर गरेको छैन’, उनले भने । एन्फाको हुन लागेको चुनावको भेन्यू समेत विपक्षी प्यानललाई थाहा नदिई चुनाव गराउन लागिएको उनले आरोप लगाए ।



उनले भने, ‘यो त सरकारको ऐन पनि नमान्ने विपक्षीलाई भेन्यू समेत थाहा नदिइ लुकेर गर्न लागिएको चुनाव हो ।’ नेपाल सरकारको सम्बन्धित निकाय राखेपले बुधबार एक पत्र मार्फत एन्फालाई ३ महिनाको लागि निलम्बन गरिएको बताएको थियो । राखेपले निलम्बनको पत्र पठाए पनि हालका अध्यक्ष पकंज विक्रम नेम्वाङ पक्ष भने झापामा संघीय चुनावी साधारण सभाको लागि पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...