मुख्य समाचार
बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रतियोगितामा दोस्रो जित दर्ता
बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रतियोगितामा दोस्रो जित दर्ता

: प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०२६ मा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।


माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको बागमती ४९.२ ओभरमा अलआउट हुँदै २६५ रन बनाएको थियो । बागमतीले दिएको २६६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले ४४ ओभरमा ३ विकेटको क्षतीमा २७१ रनसहित लक्ष्य पूरा गरेको हो ।


पहिलो विकेटको लागि ओपनर दिनेश खरेल र शंकर रानाले १५९ रनको शतकीय साझेदारी गरे । जसमा शंकर रानाले उत्कृष्ट शतकीय पारी खेले । उनले १२८ बलमा १३ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर दिनेश खरेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ७० रन बनाए । कप्तान आरिफ शेद ४३ र रासिद खान १० रनमा अविजित रहे ।



बागमतीका लागि बलिङतर्फ रिजन ढकाल, सन्दीप लामीछाने र सुवास खत्रीले १–१ विकेट लिए । त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको बागमतीको लागि पवन थापाले सर्वाधिक ७९ रन बनाए । उनले १०१ बलमा ६ चौका र १ छक्का प्रहार गरे । इशान पाण्डेले ८० बलमा ६ चौका र ३ छक्कासहित ७० रन बनाए ।


ओपनरद्वय आशुतोष घिरौया र शुभ कंशाकरले क्रमशः २२ र १४ रन बनाए । शिवम तिवारीले १२ रन, उत्तम मगरले २१ र कप्तान सन्दीप लामिछानेले १३ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाल पुलिस क्लबलका लागि बलिङतर्फ रासिद खान र दिनेश खरेलले ३÷३ विकेट लिए । करण केसीले २ र ललित राजवंशीले १ विकेट लिए ।

पुलिस र बागमती दुवैको जारी प्रतियोगितामा यो तेस्रो खेल थियो । जसमा पुलिसले दोस्रो जित दर्ता गरेको हो भने बागमतीले दोस्रो हार बेहोरेको हो । पहिलो खेलमा नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबसँग २२ रनले हार बेहोरेको थियो । दोस्रो खेल विभागीय डर्बीमा पुलिसले एपीएफलाई १८५रनले हराएको थियो । त्यस्तै बागमतीले पहिलो खेलमा एपीएफसँग ७१ रनले हारेको थियो । दोस्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १७० रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम