मुख्य समाचार
आन्दोलनका घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगले विभिन्न ७ क्षेत्रमा गैरसरकारी संस्थाको आर्थिक र प्राविधिक सहयोग लिन निषेध गर्न सिफारिस निषेध गर्न सुझाव
आन्दोलनका घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगले विभिन्न ७ क्षेत्रमा गैरसरकारी संस्थाको आर्थिक र प्राविधिक सहयोग लिन निषेध गर्न सिफारिस निषेध गर्न सुझाव

— २३ र २४ भदौको जेन–जी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगले विभिन्न ७ क्षेत्रमा गैरसरकारी संस्थाको आर्थिक र प्राविधिक सहयोग लिन निषेध गर्न सिफारिस निषेध गर्न सुझाव दिएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको सरकारलाई बुझाएको प्रतिवेदनमा गैरसरकारी संस्थाका कामलाई राजनीतिक अभियान चलाउनेदेखि नीतिनिर्माणमा हस्तक्षेप गर्नेसम्मका कुनैपनि गतिविधिमा संलग्न नगराउन सिफारिस गरेको हो ।

आयोगले गैरसरकारी संस्थालाई अन्तर्राष्ट्रिय सीमा तथा सीमा–प्रदेश, राष्ट्रिय पहिचान प्रणाली, जलविद्युत करिडोर, संवेदनशील पूर्वाधार/संरचना, सुरक्षा निकाय, आप्रवासन, श्रम मामिलासम्बन्धी सूचना, द्वन्द्व/सुरक्षासम्बन्धी नक्सांकनजस्ता विषयमा गैरसरकारी संस्थाको आर्थिक र प्राविधिक सहयोग निषेध गर्न सिफारिस गरेको छ ।

गैरसरकारी संस्थाहरूलाई राजनीतिक राजनीतिक अभियान चलाउन नपाउने, नीति–निर्माणमा सिधा हस्तक्षेप, चुनाव प्रभाव, सुरक्षा संयन्त्र, गोप्य तथ्यांक हस्तान्तरण, राज्यविरुद्धका गतिविधि, भ्रामक र गलत सूचना प्रवाहलगायतमा गैरसरकारी संस्थाहरुलाई निषेध गर्ने गरी कानुनी व्यवस्था गर्न सुझाव दिइएको छ । गैससलाई एकद्वार प्रणालीबाट मात्रै भित्रिन नदिने व्यवस्था कडाइका साथ लागू गर्न पनि भनिएको छ ।

‘गैरसरकारी संस्थाहरू सरकार पुग्न नसकेका र सरकारले गर्नैपर्ने भनी नतोकिएका विषय साथै सरकार र निजी क्षेत्रका कामका सहयोगी भूमिकाका रूपमा काम गर्नुपर्ने हुन्छ, तर, पछिल्लो समय गैरसरकारी संस्थाहरूले समानान्तर रूपमा सरकार चलाउन खोज्ने, राष्ट्रिय नीतिमाथि हाबी हुने साथै यस्ता संस्थामा कार्यरत कर्मचारी र संयोजकहरू नै राजनीतिक र सरकारको नेतृत्वमा रहनुले पनि यस्ता संस्थाको पारदर्शीता र कामको प्रभावकारीतामा रिक्तता उत्पन्न भएको छ,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा शासन, विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन गैरसरकारी संस्थालाई हटाउने होइन तर तिनीहरूलाई राष्ट्रिय हितसँग मेल खाने तरिकाले सञ्चालन गराउने मुख्य उद्देश्य राख्नुपर्दछ, राष्ट्र बलियो भएपछि बाह्य प्रभाव स्वभाविक रूपमा घट्दै जान्छ ।’

पैरवी गर्ने र सेवा प्रवाह गर्ने गैससका लागि छुट्टाछुट्टै इजाजतपत्रको प्रणाली बिकास गर्न पनि आयोगले सुझाएको छ । यो नीति लागू गरेमा सेवा प्रवाहको नाममा राजनीतिक प्रभाव वा नीति–निर्देशन गर्ने गतिविधि नियन्त्रण गर्न सकिने आयोगको ठहर छ ।

जेन–जी आन्दोलनमा गैरसरकारी संस्थाहरुले लगानी गरेको, घुसपैठ गराएकोलगायत आरोप लागेको थियो । यसलाईसमेत मध्यनजर गरेर आयोगले नेपालको गैरसरकारी संस्थाको वर्तमान अवस्था र उनीहरुका गतिविधिमा पनि अध्ययन गरेको थियो । सोही अध्ययनपछि आयोगले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितलाई प्रतिकूल प्रभाव पार्नसक्ने जोखिम औंल्याउँदै गैससहरूलाई निश्चित क्षेत्रमा निषेध गर्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सिंहदबारमा सांसदको शपथ लिएर सर्वोच्च अदालतबाट अवहेलना मुद्दामा तारिख बुझेका छन् । शपथ लिएपछि सोही पोसाकमै उनी सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाकाअनुसार काठमाडौं महानगरपालिकाको मेयरको रुपमा उनीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा आफैं उपस्थित हुनु भनि आदेश भएकाले उनी तारेख लिन ...
— विद्यालयको होस्टेलमा बस्दै आएका १४ वर्षीय बालकको मृत्यु घटनालाई आफन्तले 'शंकास्पद' भएको आरोप लगाएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्लिस बोर्डिङ स्कुलको होस्टेलमा बस्दै आएका १४ वर्षका धमेन्द्रकुमार साहको शनिबार मृत्यु भएको थियो । होस्टेल संचालकले ती बालकले आत्महत्या गरेकाे बताइरहेका छन् । मृतकका आफन्तले ढिलो गरी मात्रै परिवारजनलाई खबर गरेकाले ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल पूरा गरी बिहीबार गृह मन्त्रालयबाट बिदा भएका छन् । नवनिर्वाचित सांसदहरूले आजै पद तथा गोपनीयताको शपथ लिएसँगै भोलि नयाँ सरकार गठन हुने तयारीका बीच उनले पदबाट बिदा लिएका हुन् । मन्त्रालयमा योजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेन–जी जनआन्दोलन पछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा ...
— एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले आफूलाई कारबाहीका लागि गरेको सिफारिस अस्वीकार्य भएको बताएका छन् । आयोगको प्रतिवेदन सार्वजनिक भएको अर्को दिन औपचारिक रूपमा धारणा सार्वजनिक गर्दै उनले भदौ २३ मा करिब दुई दर्जन व्यक्तिको ज्यान गएको घटनामा तत्कालीन प्रधानमन्त्रीको हैसियतले आफ्नो संलग्नता पुष्टि ...
: राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता बालेन्द्र शाह (बालेन) चुनिएका छन्। पार्टी सभापति रवि लामिछानेले संसदीय दलको नेतामा बालेनलाई गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले बताए। निर्वाचनमा १८२ सिट जितेर एकल सरकार बनाउन लागेको रास्वपाका तर्फबाट बालेन प्रधानमन्त्री बन्दैछन्। उनले शुक्रबार १२:३४ मा प्रधानमन्त्री पदमा सपथ लिँदैछन्।