मुख्य समाचार
भरतपुर महानगरको विकास खर्च एक चौथाई मात्र
भरतपुर महानगरको विकास खर्च एक चौथाई मात्र

— चालु आर्थिक वर्षको दुई तिहाई समय अर्थात आठ महिना सकिँदा भरतपुर महानगरपालिकाले विकास बजेट (पुँजीगत खर्च)को एक चौथाई मात्र खर्च गर्न सकेको छ ।

महानगरले दोस्रो चौमासिक अवधिमा सम्पन्न गरेका योजना तथा कार्यक्रम र सेवा प्रवाहका बारेमा जानकारी दिन बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले पुँजीगत बजेट २ अर्ब ६० करोड ७७ लाख ६८ हजार ११९ रुपैयाँ रहेकोमा हालसम्म ६५ करोड ८५ लाख ८५ हजार ६७० रुपैयाँ खर्च भएको जानकारी दिए ।

जुन रकम पुँजीगत बजेटको २५ दशमलब २५ प्रतिशत हुन्छ । चालु बजेट २ अर्ब ५८ करोड ८९ लाख ४७ हजार ८८१ रहेकोमा ४९ दशमलब २ प्रतिशत खर्च भएको छ । ‘चालु आर्थिक वर्षका लागि अनुमानित बजेट ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ रहेकोमध्ये हालसम्म १ अर्ब ९३ करोड २३ लाख ६ हजार ६९८ रुपैयाँ खर्च भएको छ । यो बजेटको ३७ दशमलब १८ प्रतिशत मात्र खर्च हो,’ भारतीले भने । त्यसैगरी राजश्व तर्फ ३७ दशमलब ९२ प्रतिशत प्रगति भएको उनले जानकारी दिए ।

चालु आर्थिक वर्षमा महानगरले आन्तरिक राजश्वतर्फ ९३ करोड १५ लाख रुपैयाँ र विभाज्यतर्फ ८६ करोड ८५ लाख गरी १ अर्ब ८० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये फागुनसम्म आन्तरिकतर्फ ५२ दशमलब २१ प्रतिशत अर्थात ४८ करोड ६३ लाख १८ हजार ४४३ रुपैयाँ राजश्व संकलन भएको छ । विभाज्यतर्फ २२ दशमलब ६० प्रतिशत प्रगति भएको छ ।

महानगरको मुख्य तथा गौरवको आयोजनाका रुपमा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशालाको भौतिक प्रगति ४५ प्रतिशत पुगेको प्रमुख प्रशासकीय अधिकृत भारतीले जानकारी दिए । रंगशाला निर्माणमा ३४ करोड ८० लाख रुपैयाँ खर्च भएको छ । तर बागमती प्रदेश सरकारले दिने रकम हालसम्म पनि निकासा नभएको भारतीयले सुनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका उखु किसानलाई अनुदान बापत १० करोड ४३ लाख रुपैयाँ भुक्तानीका लागि निकासा गरेको छ । गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदान बापत पाउनुपर्ने उक्त रकम मन्त्रालयले सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा निकासा गरेको हो । मन्त्रालयका अनुसार उक्त रकम बर्दिया र रौतहटका ४ ...
। अर्थ मन्त्रालयले भोटेकोशी बाढीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक अर्थ बुलेटिन सार्वजनिक गर्दै अर्थले खर्चको दायित्व बढ्ने, नाका बन्द हुने र कर छुट लगायत प्रावधानले चालु आव २०८३/८४ मा स्रोतमा थप चाप पर्ने बताएको हो । मन्त्रालयले भोटेकोशी बाढीपछिको राहत तथा पुनर्निर्माण बजेटको एक तिहाइभन्दा बढी हुने ...
। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यस्तै गत आव २०८२/८३ (सन् २०२७) मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित भएको प्रक्षेपण पनि आईएमएफले गरेको छ । आईएमएफले मंगलबार सार्वजनिक गरेको उसको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्लूईओ) को अक्टोबर संस्करणले यस्तो प्रक्षेपण गरेको ...
: सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा करिब ६७ करोड रुपैयाँको धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँ रकमबराबरको धान खरिद गर्ने भएको हो। धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार टन धान खरिद गर्ने योजना बनाएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम