मुख्य समाचार
२३ भदौको घटनामा दोषी किटान, २४ भदौको विध्वंसमा भने मौन
२३ भदौको घटनामा दोषी किटान, २४ भदौको विध्वंसमा भने मौन

— २३ भदौमा कर्फ्यु जारी हुनु अगावैदेखि चार घण्टासम्म प्रहरीबाट गोली चलेर हताहती बढिरहँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले त्यसलाई रोक्न पहल नगरेको निष्कर्ष २३ र २४ भदौको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले निकालेको छ ।

फिल्डबाट वास्तविक सुरक्षा स्थितिबारे जानकारी भइरहँदा पनि गोली प्रहार रोकेर वार्ता गर्न आवश्यक पहल नगरेको निष्कर्षसहित आयोगले ओली, लेखक र खापुङलाई मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरेको छ । मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ ।

त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । दफा १८२ मा ‘हेलचक्य्राइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ ।

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र महानिरीक्षक राजु अर्याल, तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालविरुद्ध दफा १८२ अनुसार हेलचक्य्राइँअन्तर्गत फौजदारी कसुरमा कारबाही सिफारिस गरिएको छ । यस्तै हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध विभागीय कारबाही सिफारिस गरिएको छ ।

सम्बन्धित समाचार
जेन-जी आन्दोलनमा विमल भट्टको मृत्यु: सुरक्षाकर्मीले बिना चेतावनी छातीमा गोली प्रहार गरेको परिवारको बयान
कान्तिपुर संवाददाता

चैत्र ११, २०८२
जाँचबुझ आयोगसँगको बयानमा के भनेका थिए नेताहरूले ?
कान्तिपुर संवाददाता

चैत्र ११, २०८२
सामाजिक सञ्जाल बन्दको निर्णयमा तत्कालीन सञ्चारमन्त्रीको दाबी: आवेगमा गरिएको हैन
कान्तिपुर संवाददाता

चैत्र ११, २०८२
ads/samsung-s26-desk-2032026113308.jpg
काठमाडौं उपत्यका प्रहरीका प्रमुखका रूपमा हतियार र प्रहरी कार्यालय सुरक्षित राख्न नसकेको लगायतका पृष्ठभूमिका आधारमा प्रहरी नियमावलीअनुसार नसिहत दिन सिफारिस गरिएको हो । प्रतिवेदनमा चार सैनिक अधिकारीका साथै नेपाल प्रहरीका ५, सशस्त्र प्रहरी बलतर्फ ३ जनालाई विभागीय कारबाहीको सिफारिस गरिएको छ ।

कारबाही सिफारिस हुने सैनिक अधिकारीमा राष्ट्रपति भवन शीतल निवासको सुरक्षामा खटिएको टोलीका प्रमुख सहायक रथी मनोजकुमार बैदवार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खटिएका सुरक्षा टोलीका प्रमुख सेनानी दिवाकर खड्का, सिंहदरबार सचिवालयमा सुरक्षार्थ खटिएको टोलीका प्रमुख प्रमुख सेनानी गणेश खड्का छन् ।

Guilty verdict in Bhadra 23 incident, silent on Bhadra 24 demolition

खड्का जिल्ला सुरक्षा समितिका सदस्यसमेत थिए । संसद् भवन परिसरमा सेनाबाट खटिएको सुरक्षा टोली प्रमुख सेनानी सन्तोष ढुंगेललाई समेत कारबाही सिफारिस गरिएको छ । आयोगले नेपाल प्रहरीका तत्कालीन अपरेसन कमान्डर एआईजी सिद्धिविक्रम शाह, डीआईजी ओमबहादुर राना, काठमाडौंका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारी (हाल डीआईजी), उपत्यका प्रहरीका तत्कालीन एसएसपी दीपशमशेर जबरा र प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेललाई पनि कारबाही सिफारिस गरेको छ ।

ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
सशस्त्र प्रहरीतर्फ एआईजी नारायणदत्त पौडेल, डीआईजी सुरेशकुमार श्रेष्ठ र एसपी जीवन केसी कारबाही सिफारिसमा परेका छन् । पौडेल तत्कालीन अपरेसन कमान्डर थिए भने श्रेष्ठ सशस्त्र प्रहरीको काठमाडौं वाहिनीपति थिए । केसी विपद् उद्धार सिनामंगलमा कार्यरत थिए ।

राष्ट्रिय अनुसन्धानतर्फ कारबाही सिफारिस हुनेमा उपत्यका अभियान महाशाखा सहनिर्देशक कृष्णप्रसाद खनाल र सहअनुसन्धान निर्देशक एवं काठमाडौं जिल्ला प्रमुख रिबेनकुमार गच्छदार छन् । उनीहरूलाई सैनिक, प्रहरी, सशस्त्र प्रहरी र विशेष सेवा ऐनअनुसार कारबाही गर्न भनिएको छ ।

जेन–जी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित आयोगले २४ फागुनमा ओली, लेखक र नेपाल प्रहरीका महानिरीक्षक खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गर्दै प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनलाई अध्ययन गर्न भन्दै सरकारले समिति बनाएको थियो तर सार्वजनिक गरिएको थिएन ।

बुधबार बिहान जनआस्था साप्ताहिकको अनलाइन संस्करणले प्रतिवेदनको सिफारिस खण्डका केही महत्त्वपूर्ण अंशहरू सार्वजनिक गरेको थियो । दिउँसो कान्तिपुरले प्राप्त गरेको ९०७ पृष्ठको प्रतिवेदनमा स्थानीय प्रशासनले गरेको कार्यबाट राजनीतिक नेतृत्वलाई जवाफदेही बनाउन मिल्दैन भन्ने बयान दिएर प्रधानमन्त्री केपी शर्मा ओली घटनाको जिम्मेवारीबाट पन्छिन खोजेको उल्लेख छ ।

ads/1440x233px-dew-aston-0432026041034.png
‘स्थानीय प्रशासनलाई नै जवाफदेही बनाउन खोजेको भए पनि तत्कालीन प्रधानमन्त्रीसमेत माथिका विभिन्न प्रकरणमा देखाइएका क्रियाकलापसमेतले बेवास्तापूर्ण व्यवहार र अनुचित किसिमबाट गरेको दमनको नीतिका कारण देशले व्यापक मानवीय क्षति बेहोर्न बाध्य भएको छ,’ आयोगले भनेको छ ।

प्रतिवेदनमा प्रधानमन्त्री व्यवस्थाको मियोका रूपमा हुने भन्दै ‘मुलुकभित्र भएका राम्रो कामको जस लिने र नराम्रा कामको अपजस लिने जिम्मा पनि प्रधानमन्त्रीकै भागमा पर्न जाने’ उल्लेख गरिएको छ । प्रधानमन्त्री भएका कारण मातहतको निकायको काम, कारबाहीको जिम्मा उनकै रहनेसमेत उल्लेख गरिएको छ ।

ओलीले आफ्नो कार्यकालमा देशको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई बलियो बनाउने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत लगेका थिए । ‘२३ भदौको सुरक्षा प्रबन्ध राष्ट्रिय अनुसन्धान विभागले विभिन्न स्रोतबाट जम्मा गरेको सूचनाका आधारमा गरिएको थियो, जसअनुसार ३ देखि ५ हजार जति मानिस सामेल हुन सक्ने आकलन गरिएको थियो, जुन गलत साबित भयो,’ प्रतिवेदनमा भनिएको छ, ‘राअवि जस्तो महत्त्वपूर्ण निकायलाई सशक्त र सक्षम बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ठोस पहल नभएको देखिन्छ ।’

प्रतिवेदनमा १५ चैत २०८१ मा तीनकुनेमा भएको घटनाको जाँचबुझ नगराइएको समेत औंल्याउँदै प्रहरी प्रशासनको कमजोरी पत्ता लगाउने कोसिस तत्कालीन सरकारले नगरेको भनिएको छ । ‘विगतमा औंल्याइएको कमजोरीसमेत सुधार गर्नेतर्फ पहल देखाइएको छैन,’ प्रतिवेदनमा भनिएको छ ।

ads/hardik-niskula-iui1440233-1332026032859.jpg
२३ भदौको बेलुकीसम्ममा १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि अर्को दिन आइपर्न सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मूल्यांकन गर्नसमेत प्रधानमन्त्रीको नेतृत्वमा रहने राष्ट्रिय सुरक्षा परिषद् पनि चुकेको प्रतिवेदनले औंल्याएको छ ।

२३ भदौको बेलुकीसम्ममा १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि अर्को दिन आइपर्न सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मूल्यांकन गर्नसमेत प्रधानमन्त्रीको नेतृत्वमा रहने राष्ट्रिय सुरक्षा परिषद् पनि चुकेको प्रतिवेदनले औंल्याएको छ । ‘सम्भावित सुरक्षा जोखिमको वास्तविक मूल्यांकनसहित सुरक्षा अंगको योजनाबद्ध प्रभावकारी परिचालन र घटनाको वास्तविकताबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा हल्का तथा मौखिक निर्णय मात्र गरिएको तर कुनै लिखित निर्णय नगरिएकाले घटनालाई सामान्य ढंगले लिएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदा त्यसले निम्त्याउन सक्ने प्रभावबारे कुनै अध्ययन गरेको थिएन, २३ भदौको साँझ बसेको सुरक्षा परिषद् बैठकमा समेत संकटकाल लगाएर शान्तिसुरक्षा कायम गर्न सेना परिचालन गर्न सकिने विकल्प थियो तर कुनै ठोस निर्णय लिइएन ।’

२४ भदौको परिणामबारे परिषद्ले अन्य ठोस निर्णयसमेत नलिएको भनिएको छ । फलस्वरूप २४ भदौमा देशले कहिल्यै नभोगेको घटना हुन पुगेको प्रतिवेदनको निष्कर्ष छ । बिग्रिँदै गएको परिस्थितिलाई ध्यान दिएर प्रधानमन्त्री जस्तो जिम्मेवारीमा बसेको व्यक्तिले त्यसलाई समाधान गर्न र जोखिम न्यूनीकरण गर्न सुरक्षा निकायबीच समन्वय गरी प्रभावकारी परिचालन गर्नुपर्ने, तत्काल गोली प्रहार रोक्न पहल गर्नुपर्नेमा त्यसो नभएको प्रतिवेदनमा उल्लेख छ ।

ads/laxmi-sunrise-6811-08220261134141-0432026041702.jpg
सैनिक मुख्यालयसँग समन्वय गरेर सेनासँग सहयोग लिई निर्देशनात्मक असरका लागि सेना परिचालन गर्न सकिएको भए, हताहतको संख्या कम हुन सक्ने उल्लेख छ । ‘सुरक्षा स्थितिको जानकारी हुँदा पनि प्रधानमन्त्रीबाट समयमा नै आवश्यक पहल भएको देखिँदैन,’ प्रतिवेदनमा भनिएको छ ।

बुधबार दिनभरमा जाँचबुझ आयोगको प्रतिवेदनका विवरण छ्यापछ्याप्ती भएपछि प्रधानमन्त्री सुशीला कार्कीले यसलाई औपचारिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेकी छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले २३ र २४ भदौको जाँचबुझ आयोग प्रतिवेदनसँग अरू दुई प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको बताए ।

‘जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखेर सार्वजनिक गर्ने निर्णय प्रधानमन्त्रीले गर्नुभएको छ,’ उनले भने, ‘नेपाल बाल संगठनसम्बन्धी प्रतिवेदन र सुशासन मार्गचित्र, २०८२ पनि सार्वजनिक गर्ने निर्णय भएको छ ।’

२४ भदौबारे थप अनुसन्धान गर्न सिफारिस जाँचबुझ आयोगले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय शीतल निवास जस्ता महत्त्वपूर्ण संरचना जलाउन प्रज्वलनशील पदार्थको प्रयोग भएको भनेको छ । भारत लगेर गरेको परीक्षणका क्रममा समेत संकलित नमुनामा पेट्रोलियम पदार्थको अवशेष फेला परेको रिपोर्ट आएको थियो ।

ads/6800x1100px-1532026090118.jpg
‘कुनै कार्यालय, घरमा आक्रमण गर्दा सबैभन्दा पहिले सीसीटीभी ध्वस्त पार्ने, पानीको ट्यांकी खाली गरी भत्काउने, सरकारी कार्यालयमा रहेको डेटा सेन्टर भत्काउने र कम्युटर कक्षमा आक्रमण गर्ने, तत्पश्चात् कागजात जलाउने, लुटपाट गर्ने गरेको देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘अन्त्यमा ती भवनमा ग्यास सिलिन्डरमा आगजनी गरी भवनभित्र फाल्ने, त्यो उपलब्ध नभएमा बोतलमा पेट्रोल हाली घरभित्र फ्याँकी आगो लगाउने गरेको पाइयो ।’

२४ भदौको हकमा ‘आयोगलाई प्राप्त कार्यादेश निश्चित तर छोटो अवधिका लागि रहेको’ भन्दै देशभरिका घटना विस्तृत रूपमा छानबिन गरी तत्कालीन कोही कसैलाई दोषी प्रमाणित गर्न समय र जनशक्ति अभावका कारण नसकिएको भनिएको छ ।

‘अब सरकारले विज्ञसहितको अनुसन्धान टोली गठन गरी उपलब्ध अन्य प्रमाण, पीडित र अन्य स्रोतबाट प्राप्त भिडियो क्लिप जस्ता प्रमाणसँग भिडाएर तत्कालै अभियुक्तसम्म पुग्न विस्तृत अनुसन्धान आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ । जाँचबुझ आयोगका सदस्य बीपी भण्डारीले २४ भदौको घटना विस्तृत रहेको भन्दै त्यसले अझ फराकिलो अनुसन्धान माग्ने बताए ।

गोली चलाउने सन्दर्भमा कानुनतः प्रमुख जिल्ला अधिकारीले आदेश दिने व्यवस्था रहेको भन्दै उनले थपे, ‘फिल्डमा खटिएका अधिकारीले आफूलाई वा महत्त्वपूर्ण संरचनाको सुरक्षाका लागि वा आत्मरक्षाका लागि गोली चलाउने अधिकार प्रयोग गर्न सक्ने अवस्था रहन्छ ।‘देशभरि एउटै समयमा घटना भएका छन्, त्यसका लागि छोटो समयको अनुसन्धान मात्र पर्याप्त छैन भनेका छौं,’ उनले कान्तिपुरसँग भने । तर, पूर्वप्रहरी अधिकारीहरू भने २४ भदौको हकमा आगजनी, हातहतियार तथा खरखजानालगायतको कसुरमा मुद्दा चलाउने हदम्याद नै सकिसकेको बताउँछन् ।

ads/gd-15320260905101-2232026054713.jpg
ads/vd-15320260905561-2232026054755.jpg
‘कुनैमा ६ महिना, कुनैमा त्योभन्दा कम हदम्याद छन्, त्यस्तोमा २४ भदौको कतिपय घटनामा पहिले प्रहरीले मुद्दा चलाएका बाहेक कानुनी कारबाही अघि बढ्ने अवस्था देख्दिनँ,’ पूर्वएआईजी उत्तमराज सुवेदी भन्छन् । सुवेदीसहित बहालवाला प्रहरी उच्च अधिकृतहरूले तत्कालीन आईजीपीलाई कारबाही गर्ने विषयले भविष्यमा हुने यस्ता आन्दोलनको नियन्त्रणमा समस्या निम्त्याउन सक्ने तर्क गरिरहेका छन् ।

‘सायद यो जाँचबुझ आयोगको सुझाव होला, कार्यान्वयन फरक निकायले गर्ने हो । तर, मुद्दा प्रक्रियामा जानलाई कतिपय कठिनाइ देख्छु,’ उनले कान्तिपुरसँग भने, ‘आईजीपीलाई गोली हान्ने आदेश दिने अधिकार कुनै कानुनले दिएको छैन, जिल्ला सुरक्षा समितिले रणनीतिक तहमा काम गर्ने हो, अपरेसनल तहमा केन्द्रीय सुरक्षा समिति र नीतिगत तहमा राष्ट्रिय सुरक्षाले काम गर्ने हो ।’

गोली चलाउने सन्दर्भमा कानुनतः प्रमुख जिल्ला अधिकारीले आदेश दिने व्यवस्था रहेको भन्दै उनले थपे, ‘फिल्डमा खटिएका अधिकारीले आफूलाई वा महत्त्वपूर्ण संरचनाको सुरक्षाका लागि वा आत्मरक्षाका लागि गोली चलाउने अधिकार प्रयोग गर्न सक्ने अवस्था रहन्छ ।’

आयोगले उत्कृष्ट काम गर्ने ६ प्रहरी र प्रहरीलाई बचाउने दुई नागरिकलाई पुरस्कार दिन पनि सिफारिस गरेको छ । पुरस्कृत गर्न सिफारिस गरिएका प्रहरीमा कास्कीका डीएसपी हरिबहादुर बस्नेत, कालीमाटी वृत्तका डीएसपी मधु थापा, मालीगाउँका डीएसपी सुनील शाह, प्रहरी एकेडेमीका डीएसपी चिनीमाया तामाङ, जनसेवाका डीएसपी कृष्णकुमार चन्द र ठिमीका डीएसपी नवराज ढुंगाना छन् ।

नागरिकतर्फ प्रहरी प्रभाग कोटेश्वरमा तोडफोड, आगजनी भएका बेला लखेटिएका प्रहरीलाई सहयोग गरेकाले होटल स्वर्णिम एन्ड गेस्ट हाउस कोटेश्वरका शिवराम बाँडा र कोटेश्वरका घडी पसल सञ्चालक गीताकुमारी शाहलाई पुरस्कृत गर्न भनिएको छ । सरकारले आफैंले सार्वजनिक गर्नुपर्ने कुरा सञ्चारमाध्यमबाट आए कार्यान्वयनमा चाहिँ अब बन्ने सरकार चुक्नु नहुने नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बम बताउँछिन् । ‘सरकारमा जो गएर बसे पनि अरू केही कुरा नसोची कारबाही अघि बढाउनुपर्‍यो, हाम्रो माग त्यत्ति हो,’ उनले कान्तिपुरसँग भनिन् ।

कार्की आयोगकाे प्रतिवेदन सम्बन्धि समाचारहरु

नेपाल अदृश्य जेल र 'डिजिटल प्रोक्सी वार'को सिकार बन्दै छ: जाँचबुझ आयोग
जेन-जी आन्दोलनअघि सामाजिक सञ्जाल प्लाटफर्ममा प्रतिबन्ध लगाइएको विषयमा कसले के बयान दिएका छन् ?
जाँचबुझ आयोगसँगको बयानमा के भनेका थिए नेताहरूले ?
सामाजिक सञ्जाल बन्दको निर्णयमा तत्कालीन सञ्चारमन्त्रीको दाबी: आवेगमा गरिएको हैन
जाँचबुझ आयोगको प्रतिवेदन: पेट्रोल बम बनाउनेदेखि अफवाहसम्मको अखडा बन्यो ‘डिस्कर्ड’
जेन-जी आन्दोलनबारे जाँचबुझ आयोगले गरेको सिफारिसमा के छ ? १० बुँदामा बुझ्नुहोस्
जेन-जी घटनाको प्रतिवेदनसहित तीन दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्री कार्कीको निर्णय
जेन-जी विद्रोहमा डिस्कर्ड मुख्य डिजिटल संयन्त्रको रूपमा प्रयोग
देवराज घिमिरेको बयान: सभामुखले गोली प्रहार रोक्ने आदेश कानुनी व्यवस्था छैन
सरकारका तीनवटै निकायमाथि आगजनी र आक्रमण सुनियोजित घटना भएको तत्कालीन प्रधानमन्त्री ओलीको दाबी
काठमाडौं बाहिरका सीडीओहरूको रिपोर्ट: प्रशासन पूर्वतयारीमै कमजोर
जेन-जी आन्दोलनमा विनोद महर्जनको मृत्यु: सुरक्षाकर्मीले बिना चेतावनी टाउकोमा गोली हानेको परिवारको आरोप
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
नेपाली सेना स्वत: सडकमा उत्रिने संस्था होइन : प्रधानसेनापति
सहकर्मीमध्ये कसैले अनिच्छा त कोही बिरामी भएको बहानाबाजी गरेपछि मौखिक आदेशमै जिम्मेवारी सम्हालेको हुँ : दानबहादुर कार्की
नख्खु कारागारका तत्कालीन जेलरको बयान : भीडले जीवन-मरणको डर देखाई रवि लामिछाने छाड्ने अज्ञात पत्रमा सही गरायो
मेरो पार्टीले जेन-जी आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्न छैन : दाहाल
देउवाको बयान : मेरो निवासमा पैसा भेटिएको भिडियो एआई-जेनेरेटेड हुनुपर्छ
तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीको बयान : आन्दोलनअघि गृह मन्त्रालयको कुनै लिखित निर्णय थिएन
६ प्रहरी र २ नागरिकलाई पुरस्कृत गर्न आयोगको सिफारिस
देउवाको घरमा भेटिएको पैसाबारे अनुसन्धान गर्न आयोगको सिफारिस
यी हुन् कारबाही सिफारिसमा परेका सेना, प्रहरी, सशस्त्र र गुप्तचरका अधिकारी
काठमाडौंका तत्कालीन सीडीओको बयानः स्थिति नियन्त्रणमा नआए आवश्यक बल प्रयोग गर्ने निर्देशन थियो
जाँचबुझ आयोगको प्रतिवेदन : ‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन्
जेन-जी आन्दोलनमा विमल भट्टको मृत्यु: सुरक्षाकर्मीले बिना चेतावनी छातीमा गोली प्रहार गरेको परिवारको बयान

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सिंहदबारमा सांसदको शपथ लिएर सर्वोच्च अदालतबाट अवहेलना मुद्दामा तारिख बुझेका छन् । शपथ लिएपछि सोही पोसाकमै उनी सर्वोच्च पुगेका थिए । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाकाअनुसार काठमाडौं महानगरपालिकाको मेयरको रुपमा उनीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा आफैं उपस्थित हुनु भनि आदेश भएकाले उनी तारेख लिन ...
— विद्यालयको होस्टेलमा बस्दै आएका १४ वर्षीय बालकको मृत्यु घटनालाई आफन्तले 'शंकास्पद' भएको आरोप लगाएका छन् । सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्लिस बोर्डिङ स्कुलको होस्टेलमा बस्दै आएका १४ वर्षका धमेन्द्रकुमार साहको शनिबार मृत्यु भएको थियो । होस्टेल संचालकले ती बालकले आत्महत्या गरेकाे बताइरहेका छन् । मृतकका आफन्तले ढिलो गरी मात्रै परिवारजनलाई खबर गरेकाले ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल पूरा गरी बिहीबार गृह मन्त्रालयबाट बिदा भएका छन् । नवनिर्वाचित सांसदहरूले आजै पद तथा गोपनीयताको शपथ लिएसँगै भोलि नयाँ सरकार गठन हुने तयारीका बीच उनले पदबाट बिदा लिएका हुन् । मन्त्रालयमा योजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेन–जी जनआन्दोलन पछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा ...
— एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले आफूलाई कारबाहीका लागि गरेको सिफारिस अस्वीकार्य भएको बताएका छन् । आयोगको प्रतिवेदन सार्वजनिक भएको अर्को दिन औपचारिक रूपमा धारणा सार्वजनिक गर्दै उनले भदौ २३ मा करिब दुई दर्जन व्यक्तिको ज्यान गएको घटनामा तत्कालीन प्रधानमन्त्रीको हैसियतले आफ्नो संलग्नता पुष्टि ...
: राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता बालेन्द्र शाह (बालेन) चुनिएका छन्। पार्टी सभापति रवि लामिछानेले संसदीय दलको नेतामा बालेनलाई गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले बताए। निर्वाचनमा १८२ सिट जितेर एकल सरकार बनाउन लागेको रास्वपाका तर्फबाट बालेन प्रधानमन्त्री बन्दैछन्। उनले शुक्रबार १२:३४ मा प्रधानमन्त्री पदमा सपथ लिँदैछन्।