: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने बताएका छन्। बिहीबार सिंहदरबारस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले प्रतिपक्षमा बसेर सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताएका हुन् ।
उनले सरकार र देशलाई सघाउने पक्षमा सदैव सकारात्मक भूमिकामा रहने उल्लेख गरे । प्रतिपक्षी भन्ने बितिकै विरोध नै गर्नुपर्छ भन्ने मान्यताबाट आफ्नो पार्टी टाढा रहेको उनको भनाइ छ । उनले संसदबाट जनताले दिएको म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रीत गर्ने उल्लेख गरे ।