: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताएका छन् । बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै वाग्लेले यस पटक जनताले आफूहरुलाई ठूलो विश्वास गरेको मत दिएको भन्दै जनताले दिएको मतलाई न्याय गर्दै अघि बढ्ने बताएका हुन् ।
अब बन्ने सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना हुने उनको भनाइ छ । त्यस्तै उनले गुणस्तरीय पुनर्निर्माणमा समेत सरकारको ध्यान केन्द्रीत रहने धारणा राखे ।