मुख्य समाचार
'पूर्वसहयोद्धा’ दाहाल र थापालाई संसद्‌मा एउटै टेबलमा
'पूर्वसहयोद्धा’ दाहाल र थापालाई संसद्‌मा एउटै टेबलमा

— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल र एमाले उपाध्यक्ष रामबहादुर थापा माओवादी सशस्त्र युद्धका ‘सहयोद्धा’ हुन् । त्यसबेला दाहाल सुप्रिम कमान्डर थिए भने थापा सहकमान्डर । त्यति मात्र होइन, उनीहरू पञ्चायती निरंकुश व्यवस्थाविरुद्धको मोर्चामा पनि सँगै थिए । तर, अहिले भने पूर्वसहयोद्धा फरक–फरक पार्टीमा छन् ।

संयोग नै भन्नुपर्छ, यसपटकको संसद्‌मा यी दुई सहयोद्धाको एउटै टेबुल सेयर गरेका छन् । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा एमाले र नेकपा सानो आकारमा खुम्चिएपछि संसद्‌मा यी दुई दलका शिर्ष नेताले टेबुल 'सेयर' गर्नु परेको हो । यो निर्वाचनमा दाहाल रुकुम पूर्वबाट प्रत्यक्ष निर्वाचित हुन् । थापा भने एमाले समानुपातिक सूचीबाट संसद्‌मा पुगेका हुन् ।

बिहीबार नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथग्रहण गराएका थिए । समारोहमा पूर्वप्रधानमन्त्री दाहाल र एमाले उपाध्यक्ष थापाका लागि एउटै टेबलको व्यवस्था गरिएको थियो । पहिलो लहरमा बसेका थापा र दाहालले सामान्य कुराकानी गरे । थापा सहज रुपमा बसे पनि दाहाल भने उकुशमुकुश अवस्थामा थिए । उनीसँग जम्मा १७ सांसद छन् । दाहालका कुनैबेलाका 'विश्वासपात्र' थापा फागुन २०७७ देखि एमालेमा छन् ।

ads/samsung-s26-desk-2032026113308.jpg
नेकपाबाट दाहाल र एमालेबाट थापा संसदीय दलको नेता बन्ने निश्चित जस्तै छ । संसदभित्र दाहालले १७ र थापाले २५ सांसदको नेतृत्व गर्नेछन् । तर, दुवैको पृष्ठभूमि माओवादी हो । संयोगले यसपटक संसद्‌भित्र एउटै टेबुल सेयर गर्नेछन् ।

एमाले र माओवादी एकता भई बनेको नेकपा पुस २०७७ पछि विवाद उत्कर्षमा पुगेर फुट्ने अवस्थामा पुग्दा पूर्वमाओवादीका धेरै नेता दाहालको पक्षमा लागेका थिए तर थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रोजे । संकटको सारथीको रुपमा थापा उभिएपछि ओलीले थापालाई यसपटक संसदीय दलको नेता बनाउने तयारी गरेका छन् ।

ओलीको मन्त्रिपरिषद्‌मा थापा २०७७ देखि र २०७८ असारसम्म गृहमन्त्री भएका थिए । २०६४ को संविधानसभा निर्वाचनपछि २०६५ साल असारमा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री र थापा रक्षामन्त्री भएका थिए ।

२१ फागुनमा भएको निर्वाचनमा एमालेले ठूलो हार बेहोरे पनि संसदीय दलको नेताका रूपमा ओलीले थापालाई अघि बढाउने तयारी गरेका छन् । ओली र दाहालको शक्ति संघर्षका उत्कर्षमा पुगिरहेको बेला ०७७ फागुनमा सर्वोच्च अदालतले एक निवेदनमा सुनवाइ गर्दै एमाले र माओवादीलाई पूरानै अवस्थामा फर्काइदियो । माओवादी पृष्ठभूमिका देव गुरुङ, पम्फा भुसाललगायत नेताहरू माओवादीतिर लागे भने थापाचाहिँ एमालेमै रहे । ओलीको विश्वासपात्रको रुपमा रहेका छन् ।

ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
माओवादीमा रहँदा होस् वा एमालेमा थापा संस्थान पक्षमा खुलेर लाग्छन् । नेकपाकालीन अवस्थामा उनले ओलीलाई खुलेर साथ थिए । एमालेमा अन्तरसंघर्ष चलेको बेला थापा संस्थापन पक्षमा उभिन्छन् ।

०६६ वैशाखमा माओवादी नेतृत्व सरकारले तत्काली प्रधानसेनापति रुक्मांगत कटवाललाई बर्खास्त गरी कुलबहादुर खड्कालाई प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको थियो । तत्कालीन रक्षामन्त्री थापाले नै कटवाललाई कारबाही गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेका थिए । राष्ट्रपति रामवरण यादवले त्यो निर्णय उल्ट्याएपछि कटवाल जोगिएका थिए ।

सरकार र नेपाली सेनाबीच विवाद चुलिएपछि २१ वैशाख २०६६ मा माओवादीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री दाहालले राजीनामा दिएका थिए ।

माओवादी अध्यक्ष दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यदिशामा अघि बढेपछि अर्का उपाध्यक्ष मोहन वैद्य पक्षले फरक मत राखेको थियो । त्यो अन्तरसंघर्षमा थापा वैद्यतिर लागेका थिए । ३ जेठ ०६९ मा काठमाडौंको बौद्धमा मोहन वैद्य नेतृत्वमा नेकपा माओवादी गठन भएको थियो । त्यसको एक महिनापछि असारमा एकीकृत नेकपा (माओवादी) औपचारिक रूपमा विभाजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विश्वभर तीव्र गतिमा फैलिादै गएको केराको घातक रोग ‘ट्रोपिकल रेस–४ (टीआर–४)’ ले नेपाललाई पनि उच्च जोखिमको घेरामा पार्न थालेको भन्दै विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका छन् । याे रोगले केरा खेतीमा दीर्घकालीन र विनासकारी असर पार्ने भन्दै विज्ञहरूले समयमै सतर्कता नअपनाए संकट निम्तिन सक्ने चेतावनी दिएका छन् । सुनसरीको तरहरामा बुधबार आयोजित कोशी र ...
— नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले आफूहरूले प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेही बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् । आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारमा उपस्थित उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै जनताको कार्यदेशअनुसार प्रतिपक्षमा रहेर संसदीय भूमिकामा रहेर काम गर्ने बताए । उनले विगतको संसदीय अनुभवलाई यस कार्यकालमा उपयोग गर्ने प्रतिबद्धता ...
— २३ र २४ भदौको जेन–जी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ गर्न गठित आयोगले विभिन्न ७ क्षेत्रमा गैरसरकारी संस्थाको आर्थिक र प्राविधिक सहयोग लिन निषेध गर्न सिफारिस निषेध गर्न सुझाव दिएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको सरकारलाई बुझाएको प्रतिवेदनमा गैरसरकारी संस्थाका कामलाई राजनीतिक अभियान चलाउनेदेखि नीतिनिर्माणमा हस्तक्षेप गर्नेसम्मका कुनैपनि गतिविधिमा संलग्न नगराउन सिफारिस ...
: चैत १९ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८२ मा रौतहट जिल्लाबाट १० हजार ८८ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले साधारण, प्राविधिक तथा ग्रेड वृद्धितर्फका गरी उक्त संख्यामा परीक्षार्थी सहभागी हुन लागेको जनाएको छ । जिल्लाका १०२ वटा सामुदायिक, २० वटा संस्थागत तथा ८ वटा प्राविधिक विद्यालयका ...
— रुपन्देहीस्थित लुम्बिनी विकास कोष परिसरमा बिहीबार बिहान फैलिएको आगो निभाइएको छ । कोष परिसरमा रहेको वन क्षेत्रमा बिहान साढे १० बजे सल्किएको आगो तीन घण्टापछि निभाइएको हो । जसले गर्दा परिसरमा रहेका महत्त्वपूर्ण संरचना जोगिएका छन् । सशस्त्र प्रहरी बलको लुम्बिनी बेसका प्रमुख डीएसपी पंकज पौडेलका अनुसार बिहान साढे १० बजे सल्किएको आगोले तीन ...