मुख्य समाचार
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन खेदजनक रहेको
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन खेदजनक रहेको

: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन खेदजनक रहेको बताएका छन्।


उनले आयोगको प्रतिवेदनलाई मानसिक रूपमा तनाव दिने कुकर्म भएको बताए। 'आयोगको प्रतिवेदन चरम लापरबाही, चरित्र हत्या गर्ने र घृणाको राजनीति गर्ने खालको छ। यो अत्यन्तै निन्दनीय र खेदजनक छ। अस्वीकार्य छ। प्रधानमन्त्री भएबापत अपराधी हुनुपर्ने? कस्तो स्तरहीन खालको क्रियाकलाप भइरहेको छ?,' अध्यक्ष ओलीले प्रश्न गरे।


अध्यक्ष ओलीले कार्की आयोगको प्रतिवेदनले एमाले पार्टीमाथि नै प्रहार गरेको बताए। उनले पूर्वाग्रह ढंगले प्रतिवेदन तयार पारिएको बताए। 'यथार्थ प्रतिवेदन आउँदैन भनेर हामीले भनिसकेका थियौं। एमाले अध्यक्ष र तत्कालीन प्रधानमन्त्री, जसको घटनास्थलमा उपस्थितिc नै छैन अनि तिनकाविरुद्ध फौजदारी अभियोगअन्तर्गत छानबिन गर्न र मुद्दा चलाउन सिफारिस गरेको छ,' उनले भने।



उनले मान्छेहरू अहिले पनि मारिने गरेको बताउँदै कति मान्छे मारिए प्रधानमन्त्रीलाई मुद्दा चलाउने भनेर प्रश्न गरे। 'अहिले पनि मान्छे मारिएका छन्।न त्यसको जिम्मा कसले लिने? कसैको काख त रित्तिएको छ नि। अनि कति जना मारियो भने प्रधानमन्त्री जिम्मेवार हुने र कति मान्छे मारिँदा प्रधानमन्त्री जिम्मेवार नहुने? १९ कि १८?,' उनले प्रश्न गरे।

न्यायाधीश भइसकेका र प्रहरीका उच्च ओहोदामा बसिसकेका मान्छेहरूले गरेको छानबिन अत्यन्त निराधार रहेको उनको भनाइ छ। उनले आयोगको प्रतिवेदनमा चरम लापरबाही गरिएको बताए।

विषम परिस्थितिमा अत्यन्तै जिम्मेवार भएर प्रभावकारी भूमिका निर्वाह गर्न उनले निर्देशन दिए। 'हामी देश र जनताका लागि काम गर्दैछौं। त्यसमा अवश्य सफलता पाउनेछौं,' उनले भने।

उनले निर्वाचनको समीक्षा गर्ने बेला भइनसकेको बताए। उनले देशमा अस्थिरता चाहनेहरूले घृणाको राजनीति गरेको आरोप लगाए। 'त्यसका लागि उनीहरूलाई धेरैले सहयोग गरे। लोकतन्त्र र विकासको लहर ल्याएकै कारण उनीहरूले हाम्राविरुद्ध प्रहार गरे,' उनले भने। विरोधीहरूले भ्रम, अश्लीलजस्ता कूप्रचारसमेत गरेको अध्यक्ष ओलीले आरोप लगाए।

एमाले अध्यक्ष ओलीले अनुशासनमा रहेर पार्टीको विचार र सिद्धान्तअनुरुप चल्न निर्देशन दिए। उनले अरुका गलत प्रवृत्ति र अराजकता नसिक्न आग्रह गरे। 'हाम्रो जतिको एडभान्स विचार बोक्ने कुनै पार्टी छैन, परिवर्तनकारी र अनुशासित पार्टी हो। यो जतिको अनुशासित पार्टी अरु छैन। त्यसैले साथीहरूले त्यो अनुशासन पालना गर्नुहोला,' उनले भने।

अध्यक्ष ओलीले दुवै सदनका सांसदहरूलाई जिम्मेवारी तोक्ने बताए। उनले पार्टीले नै संसदीय दलको नेता, प्रमुख सचेत र सचेतक तोक्ने निर्णय गर्ने संकेत गरे। उनले यो पद र त्यो पद दिनुस् भनेर नमाग्न आग्रह गरे। 'पार्टीले सबैको मूल्यांकन गर्छ। काम र जिम्मेवारीको आधारमा मूल्यांकन गर्छ। यो पद र त्यो पद भनेर हुँदैन,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— रुपन्देहीस्थित लुम्बिनी विकास कोष परिसरमा बिहीबार बिहान फैलिएको आगो निभाइएको छ । कोष परिसरमा रहेको वन क्षेत्रमा बिहान साढे १० बजे सल्किएको आगो तीन घण्टापछि निभाइएको हो । जसले गर्दा परिसरमा रहेका महत्त्वपूर्ण संरचना जोगिएका छन् । सशस्त्र प्रहरी बलको लुम्बिनी बेसका प्रमुख डीएसपी पंकज पौडेलका अनुसार बिहान साढे १० बजे सल्किएको आगोले तीन ...
— भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदनमाथि एमालेका महासचिव शंकर पोखरेलले असन्तुष्टि जनाएका छन् । उनले कार्की आयोगको प्रतिवेदन निष्पक्ष नभएको बताएका छन् । महासचिव पोखरेलले कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएपछि त्यो निष्पक्ष छैन भन्ने यसअघिको धारणालाई पुष्टी गरेको बताएका हुन् । 'कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको ...
: कोशी प्रदेश सरकारले प्रशासनिक, सांस्कृतिक र विकाससँग सम्बन्धित विविध क्षेत्रलाई समेटेर विभिन्न निर्णयहरु गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षका सार्वजनिक बिदा निर्धारणदेखि लिएर विपद् प्रभावित संरचनाको पुनर्निर्माणका लागि बजेट व्यवस्थापनसम्मका विषयलाई समेट्दै छ वटा निर्णयहरू गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेशभित्रको सामाजिक, ...
: कोशी प्रदेश सरकारले प्रशासनिक, सांस्कृतिक र विकाससँग सम्बन्धित विविध क्षेत्रलाई समेटेर विभिन्न निर्णयहरु गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षका सार्वजनिक बिदा निर्धारणदेखि लिएर विपद् प्रभावित संरचनाको पुनर्निर्माणका लागि बजेट व्यवस्थापनसम्मका विषयलाई समेट्दै छ वटा निर्णयहरू गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेशभित्रको सामाजिक, ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणका लागि सिंहदरबार पुगेका छन्। उनी ‘सिलाम साक्मा’ लगाएर आफ्नै गाडीमा शपथ ग्रहण गर्न सिंहदरबारको नव निर्मित भवनको सभाहल पुगेका हुन्। उनी आफैं गाडी चलाएर दिउँसो २ बजे सिंहदरबार पुगेका हुन्। किरात सँस्कृतिमा सिलाम साक्मालाई शुभ संकेतका रूपमा लिइन्छ। यसले मृत्यु र अपसकुनको ...